पोखरा । सुजल डेरीले गाईको शुद्ध दूधबाट उत्पादित ‘सफल काउ घिं’ उपभोक्तामाझ ल्याएको जनाएको छ । यसबाट आफ्नो उत्कृष्ट गुणस्तर, विशिष्ट स्वाद र शुद्धताका लागि उपभोक्ताको पहिलो रोजाइ बन्ने कम्पनीको विश्वास छ।
यो आधुनिक आइएमएल टब प्याकेजिङमा उपलब्ध छ । यसप्रकारको प्याकेजिङले घ्यूलाई लामो समयसम्म ताजा राख्न मद्दत गर्नुका साथै पुनः प्रयोग गर्न मिल्ने सुविधासमेत प्रदान गर्ने कम्पनीले जनाएको छ।
आधा लिटरको मात्र ७५० रुपैयाँ कायम गरिएकोमा लन्च अफरमा २५ रुपैयाँ छुट दिइएको छ।
यो घ्यू गाईको शुद्ध दूधबाट उच्च प्रविधि प्रयोग गरी उत्पादन गरिएको, एकदमै दानेदार र बास्नादार छ । जसले खानाका परिकारलाई अझ स्वादिष्ट बनाउने छ । यो पोषणयुक्त र स्वस्थ छ । जसमा भिटामिन ए पोषक तत्व हुन्छ । भिटामिन एले दृष्टि सुधार गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र छालालाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
यसले स्वादिष्ट र पौष्टिकताको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यसले परिकारलाई विशेष र यादगार बनाउँछ र परिवारमा आत्मीयता र खुशी प्रदान गर्दछ । यो घ्यू नेपाली परम्परागत खाना दालभातमा सबैभन्दा उपयुक्त हुन्छ, विभिन्न प्रकारका मिठाइ तयार गर्न सकिन्छ र रोटी, पराठामा टपिङ्सका रूपमा समेत उपयोग गर्न सकिन्छ ।
यसले धार्मिक विश्वास र सांस्कृतिक महत्व पनि अँगालेको बताइन्छ । यो हिन्दू परम्परागत र पूजा संस्कारमा विशेष स्थान राख्छ र साथै धार्मिक अनुष्ठानमा पञ्चामृत बनाउन प्रयोग गरिने पाँच प्रमुख तत्वमध्ये एक हो ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१