खेलकुद पत्रकार मञ्चको अधिवेशन माघमा

आदर्श समाज सम्वाददाता
पौष २१, २०८१
NSJF Gandaki

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशनको मिति तय भएको छ ।

मञ्चको आइतबार बसेको बैठकले आगामी १० माघमा अधिवेशन गर्ने निर्णय गरेको महासचिव राजाराम पौडेलले जानकारी दिए ।

संस्थाका अध्यक्ष दीननाथ बरालले अधिवेशनको मिति तोकिएको र अधिवेशन सफल पार्न तयारी पनि थालनी भएको बताए ।

अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेगरी तयारी भइरहेको उनले जनाए । उनले सबैको साथका कारण आफ्नो तीनवर्षे कार्यकाल सफल भएको दाबी गरे ।

मञ्चको संशोधित विधानबमोजिम कार्यकाल २ वर्षको हुनेछ । साथै, कार्यसमिति सदस्य पनि १३ सदस्यीय बनाइएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै २०७५ सालमा स्वायत्त संस्थाको रुपमा विकास गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width