श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

आदर्श समाज सम्वाददाता
पौष २०, २०८१
Narayan-karki-sammanit

पोखरा । यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन् ।

शनिबार पोखरामा आयोजित समारोहमा श्रीपती कोइराला गुठीद्वारा सञ्चालित उक्त पुरस्कारबाट कार्कीलाई सम्मान गरिएको हो । उनलाई नगद २२ हजार २२२ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरिएको हाे।

पोखरा न्यूरोड निवासी कार्कीले पत्रकारिता माध्यमबाट सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर स्वरुप उक्त पुरस्कार दिइएको गुठीले जनाएको छ ।

२०२९ सालमा राससबाट पत्रकारिता सुरु गरेका उनी हाल बिबिसी नेपाली सेवा गण्डकी प्रदेश ब्यूरो प्रमुखरुपमा कार्यरत छन् ।

यसअघि, सो पुरस्कार आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई दिइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • खुदीखोलाका मगरहरुले मनाए माघी

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । आराधना मगर समाज पोखरा–३२, खुदीखोलाका मगरवासीले माघी संक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ आराधना मगर समाजको आयोजनामा…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…

hero news full width