नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा

आदर्श समाज सम्वाददाता
पौष २०, २०८१
Samman

पोखरा । नेपाल स्रष्टा समाजले गण्डकी प्रदेश समितिको घोषणा गरेको छ । पोखरामा शनिबार एक समारोह आयोजना गरी समिति घोषणा गरिएको हो ।

सात सदस्यीय समिति संयोजकत्वमा रीता न्यौपाने पहारी तथा सदस्यमा हरिदेवी कोइराला, पदमराज ढकाल, दुर्गाबहादुर शाह ‘बाबा’, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद बास्तोला र सरस्वती श्रेष्ठ ‘सरु’ छन् ।

सोही समारोहबीच लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाको ‘चरीको घर’ बाल कवितासंग्रह र साहित्यकार रीता न्यौपाने पहारीको ‘बेरीतका रीतहरु’ निजात्मक निबन्ध संग्रह लोकार्पण गरियो ।

प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले स्रष्टा समाज जागरुक र क्रियाशील संस्थाको रुपमा परिचित रहेको उल्लेख गर्दै सबैलाई आत्मीय लाग्ने बताए । उनले २ स्रष्टाको कृति एकसाथ लोकार्पण गर्ने अवसर मिलेको भन्दै बालसाहित्यको कमी भइरहेको बेला लोककिन्नरी हरिदेवीबाट ‘चरीको घर’ र रीताबाट पहिलो कृति ‘बेरीतको रीतहरु’ आएकामा खुसी व्यक्त गरे ।

प्राज्ञ हरिदेवी कोइरालाले आपूm शिक्षक हुँदा लामो समय बालबालिकाको साथ रहेको स्मरण गर्दै उनीहरुको लागि केही लेख्नुपर्छ भनी कलम चलाएको बताइन् ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले स्रष्टाको सम्मान उनीहरुको जीवनकालमै हुनुपर्नेमा जोड दिए ।

नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्यसचिव तीर्थ श्रेष्ठले साहित्यकार हेमराज पहारीको स्मरण गर्दै सहधर्मिणी रीता न्यौपाने पहारीबाट उनको कदम पछ्याउँदै संस्था संचालन र सिर्जना गर्नु गौरवको विषय भएको बताए । उनले प्राज्ञ हरिदेवीले लोकको भोक र अभावको पीडा व्यक्त गर्दै आपूmलाई जागृत गराइरहेको चर्चा गरे ।

साहित्यकार लक्ष्मण थापाले ‘चरीको घर’ तथा साहित्यकार दीनबन्धु शर्मा र विधान आचार्यले ‘बेरीतका रीत’ कृतिको समीक्षा गरे ।

कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, स्रष्टा समाजका संरक्षक पवन आलोक, साहित्यकार नवराज लम्साल, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ ले मन्तव्य राखेका थिए ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सचिव प्रकाश घायलले स्वागत तथा गण्डकी प्रदेश संयोजक रीता न्यौपाने पहारीले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रम संचालन सदस्य पदमराज ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • खुदीखोलाका मगरहरुले मनाए माघी

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । आराधना मगर समाज पोखरा–३२, खुदीखोलाका मगरवासीले माघी संक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ आराधना मगर समाजको आयोजनामा…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…

hero news full width