पोखरा । नेपाली काँग्रेसका महामन्त्री गगनकुुमार थापाले २०८४ को निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुुपर्ने बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयोजित प्रजातान्त्रिक व्यवस्थामा पार्टी र जनप्रतिनिधि विषयक प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उनले चुनावमा जाँदा उपलब्धिपत्र लिएर जानका लागि परिणाम देखाउने गरी काम गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिए ।
काँग्रेसको नेतृत्वमा देशमा धेरै उपलब्धि हासिल भएको बताउँदै उनले भए गरेका कामको प्रचार हुन नसकेको उल्लेख गरे । निराश हुनुपर्ने अवस्था नरहेको भन्दै उनले आगामी ३ वर्षमा जनताले अनुुभूति गर्ने गरी काम गर्नुुपर्ने आवश्यकता औंल्याए । सरकारमा बसेकाले सरकारमा प्रदेशमा बसेकाहरूले प्रदेशमा सबै ठाउँबाट परीणाम दिनेगरी काम गर्नुपर्ने उनको भनाइ छ ।
पार्टी संगठन र निर्वाचित जनप्रतिनिधिबीच संवाद आवश्यक भएको बताउँदै महामन्त्री थापाले त्यसले जनअपेक्षालाई संवोधन गर्न सहयोग पुुग्ने धारणा राखे । समस्या सुन्ने मात्र नभै समाधान लिन सक्ने अवस्था सिर्जना हुनुुपर्ने बताए ।
आगामी १५ औं महाधिवेशनका सन्दर्भमा चर्चा गर्दै उनले आउने नेतृत्व पार्टी संगठन सम्हाल्न सक्ने हुनुपर्ने र यो पार्टीको काँधमा धेरै जिम्मेवारी रहेको उल्लेख गरे ।
महाधिवेशनको कुरा धेरै नगरी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए । आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर अधिवेशनको मात्र कुरा नगर्न उनले आग्रह गरे ।
अहिले नयाँ–नयाँ पार्टीका नाममा स्टण्डबाजहरू आएको बताउँदै उनले यस्तो अवस्थामा पार्टीको अझै जिम्मेवारी रहेको बताए । पञ्चायतको प्रतिबन्धित कालमा समेत पार्टी सञ्चालन भएर आएको अवस्थामा बर्तमानको सहज अवस्थामा पनि नेताहरुले अधिवेश नै नहुने खत्रा रहेको कुरा गर्ने गरिएको भन्दै उनले आपत्ति व्यक्त गरे ।
पार्टीको विधान संशोधनको लागि ४/५ महिनाको समय लाग्ने र विधान महाधिवेशन गरेर तत्काल पारित हुने भन्दै महामन्त्री थापाले त्यसकै आधारमा महाधिवेशनको प्रक्रिया प्रारम्भ हुने जानकारी गराए ।
नेपाली काँग्रेसमा चार पुस्ताका मानिसहरुको रहेको भन्दै उनले सबैको एकतावद्ध प्रयासमा पार्टी चलाउनुपर्ने बताए ।
स्थिर सरकार संचालनमा अहिलेको निर्वाचन प्रणाली बाधक भएको भन्दै उनले आगामी निर्वाचनमा धेरै मत पाउने राजनीतिक दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याए ।
अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको बताउँदै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको बताए ।
गठबन्धनको विकृत अभ्यासहरू भएको प्रशंग उल्लेख गर्दै महामन्त्री थापाले चुनाव अगाडिका लागि मात्र नभै चुनावपछि पनि धेरै सरकार बदलिएको र यसले अस्थिरता निम्त्याएको बताए ।
लोकप्रिय मत पाउने दलले ५ वर्ष सरकार चलाउन पाउनुपर्ने व्यवस्था संविधानमा हुनुपर्ने भन्दै महामन्त्री थापाले संघ तथा प्रदेशको मन्त्रिपरिषद्को आकार घटाउनुुपर्ने उनको भनाइ थियो ।
भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी रुपमा अघि बढाउनुुपर्ने भन्दै उनले दण्डनीय अपराज गर्ने जोसुकै कानुन अनुसार दण्डित हुनुपर्नेमा जोड दिए । २०८० को दशकलाई समुन्नतिको दशकरुपमा लिने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टी नेतृत्वको सरकारले गरेका कामको अपनत्व पार्टीले लिनुुपर्ने बताउँदै भए गरेका कामको जनतामाझ प्रचार हुन नसकेको बताए । जनतासँग बाक्लो संवाद हुन सकेमा जनताका समस्यालाई नजिकबाट नियाल्न सकिने उनको भनाइ छ ।
काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको स्थापनाकालीन आदर्शलाई काँग्रेसले बिर्सन नहुने बताए । आफ्ना मूल्यमान्यता आत्मसाथ गर्न सकेमा काँग्रेसलाई कसैले हेप्न नसक्ने उनको भनाइ छ ।
काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले काँग्रेसका कार्यकतालाई सामाजिक सञ्जाललाई संगठन निर्माणसँगै गरेका कामलाई जनातामाझ पुु¥याउने गरी उपयोग गर्नुुपर्ने बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तोताद्वय डा. रघुराज वाग्ले र डा. हेमराज लामिछानेले जननिर्वाचित प्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औंल्याए ।
काँग्रेस गण्डकी प्रदेश प्रदेश तथा स्थानीय विभागका प्रमुख पूर्णबहादुर दहालको सभापतित्व एवं प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले सञ्चालन गरेको कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, केन्द्रीय सदस्यहरू मधुु आचार्य, कृष्णचन्द्र नेपाली लगायतले बोलेको जानकारी काँग्रेस गण्डकी प्रदेश सदस्य एवं प्रचारप्रसार विभाग उपप्रमुख शिरोमणि बरालले दिए ।
प्रदेशभित्रका काँग्रेसका प्रदेश सभाका सदस्यहरु, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, नगर/गाउँपालिकाका सभापतिहरु, काँग्रेसबाट निर्वाचित जिसस र नगर/गाउँपालिकाका प्रमुख, उपप्रमुख/अध्यक्ष, उपाध्यक्षहरु सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१