गैंडाकोटमा कविशिरोमणिको स्मरण

आदर्श समाज सम्वाददाता
पौष २०, २०८१
siromani

गैंडाकोट । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्ती सन्दर्भमा आयोजित वाङ्मय विमर्श एवं कविता वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नवलपुरका पुराना गीतकार तथा साहित्यकार दीपक सोतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कविशिरोमणि पौड्यालको व्यक्तित्व र कृतित्व विषयमा विमर्शसहित उनका विषयमा कविता प्रस्तुत गरिएको थियो ।

‘पौड्यालका विषयमा विशेष छन्द कविताको प्रवर्धनमा कविशिरोमणिको महत्वपूर्ण योगदान रहेको बताउँदै अहिलेसम्म पनि छन्द कवितामा उनका कविताहरु नै प्रभावशाली छ,’ सोतीको कथन थियो ।

गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठान र उषाकालीन साहित्य समाज अमरापुरीको सहआयोजनामा भएको कार्यक्रममा गैंडाकोट १५ कि वडाध्यक्ष कोकीसरा रानामगर, साहित्यकार प्रेमराज तिमल्सिना, विनोद मल्ल, दशरथ तिवारी, रामहरि शर्मा सराह, इन्द्रराज पौडेल, सुशील आदर्श, कृष्णदेवी शर्मा, सदानन्द अभागी, विष्णुमाया पन्थी, भानु सापकोटा, धर्मानन्द शर्मा पौडेल, जीवनराज सापकोटा, गोविन्द कोइराला, मुना धनञ्जय, भूमिका गैरे तिमिल्सिना, लगायतले पौड्यालका विषयमा आफ्नो धारणासहित रचना प्रस्तुत गरेका थिए ।

गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका सचिव भीमप्रसाद शर्माले अध्यक्षतामा भएको कार्यक्रममा उषाकालीन साहित्य समाजका अध्यक्ष तेजेन्द्र सापकोटाले स्वागत मन्तव्य र समाजकी सचिव राधा पाण्डेले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • खुदीखोलाका मगरहरुले मनाए माघी

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । आराधना मगर समाज पोखरा–३२, खुदीखोलाका मगरवासीले माघी संक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ आराधना मगर समाजको आयोजनामा…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…

hero news full width