‘मेलमिलाप’ हाम्रो संस्कार: उच्च अदालत पोखराका न्यायाधीश राई

आदर्श समाज सम्वाददाता
पौष २०, २०८१
melmilap tot

पोखरा । उच्च अदालत पोखराका न्यायाधीश मिलनकुमार राईले ‘मेलमिलाप’ हाम्रो संस्कार भएको बताएका छन् । हाम्रो समाज विकासक्रमको अभिन्न अंग मेलमिलाप भएको भन्दै उनले हिजो माथिल्लो घरको जेठा’बाले गर्ने काम अहिले मेलमिलापकर्ता गर्ने गरेको उल्लेख गरे।

मेलमिलाप परिषदले पोखरामा आयोजना गरेको ‘मेलमिलापसम्बन्धी प्रशिक्षक–प्रशिक्षण’ को शनिबार समापन समारोहमा न्यायाधीश राईले मेलमिलापलाई हाउगुजीरुपमा प्रस्तुत गर्न नहुने पनि सुझाव दिए । उनले मेलमिलापसम्बन्धी धारणा फरक भए पनि सबैको लक्ष्य एउटा हुने भन्दै आफूले कर्ता, कर्म र परिणामरुपमा यसलाई बुझ्ने गरेको बताए ।

मुख्य प्रशिक्षक राममणि गौतमले न्याय प्राप्तिका लागि भौँतारिरहेको एउटा गरिब निमुखाले मेलमिलाप माध्यमबाट न्याय प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले यसलाई अवलम्बन गरिने गरिएको बताए । यो सामूहिक कार्य गर्न मेलमिलाप परिषदले पुलको काम गर्ने उनको भनाइ थियो।

प्रशिक्षार्थीका तर्फबाट राजाराम पौडेल र कृष्णकुमारी गुरुङले तालिम फलदायी भएको प्रतिक्रिया दिए । समापन समारोहको सहजीकरण राजेश आचार्यले गरेका थिए ।

परिषदले पोखरामा पहिलोपटक आयोजना गरेको आठदिने सो प्रशिक्षक–प्रशिक्षणमा गण्डकीका विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी २४ जना मेलमिलापकर्ताले भाग लिएका थिए ।

प्रशिक्षर्थाीहरुलाई न्यायाधीश राई र मुख्य प्रशिक्षक गौतमले सहभागिताको प्रमाणपत्र हस्तान्तरण गरे । प्रशिक्षणको मेलमिलाप परिषद अध्यक्ष एवं सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले गरेका थिए ।

प्रशिक्षणमा कृष्णकुमारी गुरुङ, काशिका लम्साल, अर्जुन पौडेल, सोमनाथ लम्साल, रमेशप्रसाद शर्मा, प्रभास पराजुली, कुलप्रसाद अधिकारी, ज्ञानेन्द्रराज पन्त, अन्जना बराल सुवेदी, सरिता बास्तोला, सुरज अधिकारी, रेशम गिरी, राजाराम पौडेल, गोविन्दप्रसाद अधिकारी, काशिनाथ घिमिरे, दीपेन्द्र पहारी, विश्वनाथ अर्याल, जीवनकुमार पौडेल, रुद्रलाल कुँवर, रच्चु आले, युवराज ढकाल र कमला श्रेष्ठले भाग लिएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width