पोखरा । पोखरा–१ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविको प्रशासनिक भवन शिलान्यास गरिएको छ ।
प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले भवन शिलान्यास गर्दै भवन निर्माणपश्चात् त्यसमा लाग्ने अन्य पूर्वाधारका लागि आफूले थप पहल गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय मावि यस क्षेत्रका शैक्षिक धरोहर रहेको चर्चा गरेका उनले विद्यालयको सवाङ्गीण विकासका लागि सबैजना लाग्नुपर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजकुमारी भुजेल, पोखरा १ का वडाध्यक्ष सहारा प्रधान, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणा र सहायक प्रधानाध्यापक नारायणप्रसाद चापगाईंलगायतले भवन निर्माणमा सांसद बैरागीले पहल गरेकोमा उनीप्रति आभार प्रकट गरे ।
उक्त भवन नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीको एक कारोडको लागतमा निर्माण हुन लागेको हो । आफन्त कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको भवन चालु आवभित्र बनिसक्ने लक्ष्य छ ।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
हिमालय माविका भूपू विद्यार्थी एकजुट
‘निजी तथा सरकारी विद्यालयबीच विभेद नगरौं’
प्याब्सन कास्कीमा षडानन्द गौतम
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१