पोखरा । नेपाली काँग्रेस कास्कीको एक सयदिने विशेष अभियानअन्तर्गत मादीको सिक्लेसमा अन्तरक्रिया गरिएको छ । जिल्ला सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका मादी गाउँपालिका अन्तर्गतको कार्यक्रम सिक्लेसमा गरिएको हो ।
सिक्लेसमा मादी गाउँपालिकाको आर्थिक विकासमा कृषि पर्यटनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरिएको काँग्रेसले जनाएको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले काँग्रेसले देशको सबै क्षेत्रको नेतृत्व गरेको बताए । उनले देशमा भ्रमको राजनीति हावी हुन थालेको भन्दै भ्रमलाई चिर्दै काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जनताको आवश्यकता नै काँग्रेसको एजेण्डा हुनुपर्ने उल्लेख गरे । त्यस अवसरमा पर्यटन व्यवसायी पशुपति शर्माले मादीको कृषि पर्यटनको सम्भावना र चुनौतीका विषयमा प्रशिक्षण दिएका थिए । कास्की काँग्रेसका पूर्व सभापति यज्ञबहादुर थापा, महासमिति सदस्य दिपक गुरुङ (माइला), महाधिवेशन प्रतिनिधि गीमाया गुरुङ, नरेन थापा, काँग्रेस कास्कीका जिल्ला सदस्य विकास थापा, क्षेत्र नम्बर १ का सचिव ओमप्रकाश गुरुङ लगायतले बोलेका थिए ।
काँग्रेस मादी गाउँपालिकाका सभापति यामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा १ का सभापति टंकप्रसाद गुरुङले स्वागत र वडा ४ सभापति यमनाथ सापकोटाले संचालन गरेका थिए । अब पुस १९ गते आज रुपा र पुस २६ गते पोखरामा अभियानका कार्यक्रमहरु संचालन हुनेछन् ।
Related News
सम्बन्धित समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र
राष्ट्रिय एकता र मेलमिलाप विषयक विचार गोष्ठी
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१