पोखरा । सूर्यदर्शन सहकारी ठगीसहितका मुद्दामा जारी बहसका क्रममा शुक्रबार प्रतिवादी छविलाल जोशी र लीला पछाईंका कानून व्यवसायीहरुले आफ्नो तर्क पेस गरेका छन् । बहसमा सहभागी हुँदै छविलाल जोशीका कानून व्यवसायी जगन्नाथ ढकालले अभियोगपत्र दर्ता गर्दा प्रमाण पुष्टि हुने कागजात नै नभएको बताए । ‘उहाँ (छविलाल) ले पैसा लिएको देखिएको छैन । शेयर हालेको कुरा आएको छ ।
तर शेयर हाल्दा पैसा पनि दिइएको छैन, छाडेपछि पैसा पनि लिइएको छैन,’ उनले भने, ‘नेचर हब्र्समा २७ दिनमा छोड्नुभएको छ । गोर्खा मिडिया पनि ५ महिना नपुग्दै छोड्नुभएको छ । सबै हेर्दा प्रमाणको खिलापमा अभियोग दर्ता भएको छ ।’
अर्का अधिवक्ता अपूर्व खतिवडाले सहकारीसँग जोशीको कुनै साइनो नभएको जिकिर गरे । ‘छविलाल सहकारीको सञ्चालक पनि छैनन् । शेयर सदस्य पनि होइनन् । सहकारीसँग कुनै साइनो छैन,’ उनले भने, ‘सहकारीबाट कुनै ऋण लिएका पनि छैनन् । जुन रकम गोर्खा मिडिया र नेचर हब्र्समा गएको छ, गोर्खा मिडिया र नेचर हब्र्सलाई अभियोगमा प्रतिवादी बनाइएको छैन ।’ उनीहरुले पूरक अभियोगमा हदम्याद हुनुपर्ने बताए । ‘२०८० असोज १८ गते मूल अभियोगपत्र दायर भयो । लामो समयपछि पूरक अभियोगपत्र दायर भएको छ । हदम्याद किन राखिएन ?’ बहसका क्रममा उनीहरुले भने ।
जोशीका तर्फबाट आइतबार वरिष्ठ अधिवक्ता शम्भु थापा र कृष्ण खरेलले बहस गर्नेछन् । शुक्रबार नै लीला पछाईंको तर्फबाट बहस गरेका अधिवक्ता डा. गणेशबहादुर भट्टराईले ‘बोस’ को सहयोगी भएकोले पछाईंको गल्ती नरहेको बताए । ‘सहकारीको सदस्य होइन । सञ्चालक पनि छैन । माग फाराम भरेर कर्जा लिएको होइन । जिबी राईको सहयोगीको रुपमा काम गर्दै आउनुभएको हो,’ उनले भने, ‘जिबीले खातामा पैसा जम्मा गरिदिएका हुन् । कसैले जम्मा गरिदिएको पैसाको स्रोत थाहा हुनुपर्दैन । बोसले जम्मा गरिदिएको पैसाको स्रोत खोज्ने कुरा पनि भएन ।’
आइतबार जोशीको पक्षबाट बहस सकिएपछि रवि लामिछानेका कानून व्यवसायीहरुले बहस थाल्ने अदालत स्रोतले जनाएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसमेत ६३ जनालाई प्रतिवादी बनाई अदालतमा दायर भएको छ । ती प्रतिवादीहरुविरुद्ध कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले थप संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा अभियोगपत्र दायर गरेको थियो ।
प्रतिवादीहरुमध्ये हाल हिरासत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्व संचालक पूर्व डिआईजी छविलाल जोशी, जिबी राईकी साझेदार लीला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद एवं सहकारीकी पूर्व उपाध्यक्ष मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ र पूर्व संचालक कृष्णबहादुर गुरुङको सम्बन्धमा यो सातादेखि थुनछेक बहस भएको हो ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१