पोखरा । सामाजिक सञ्जालको माध्यम प्रयोग गरेर पोखरामा ५७ लाख रुपैयाँ लुटिएको छ । चितवनमा समेत १६ लाखसहित ७३ लाख लुटिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेपछि अनुसन्धान सुरु भएको हो । नेपाल सरकारका कर्मचारीहरुको समेत ५ लाख ५० हजार रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ । सबै उजुरीमा अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ ।
साइबरमार्फत रकम ठगी गर्न हालसम्म ५ सयभन्दा बढी नम्बर प्रयोग हुने गरेको भेटिएको छ । कुनै नम्बरको गलत आइडी र पासवर्ड प्रयोग गरेर वालेट र मोबाइल बैंकिङका एपहरु बन्द गराउने गरेका छन् । त्यसपछि फोन गरेर आफू वालेट वा बैंक वित्तीय संस्थाबाट भन्दै ओटिपी माग्छन् । सामाजिक सञ्जालमा प्रलोभनमा पार्ने म्यासेज पठाउने र सामान आएको वा चिठ्ठा परेको भनेर लिंक खोल्न लगाउने गरेका पाइएको छ ।
लिंक खोल्नेबित्तिकै त्यो डिभाइसको सबै युजरनेम र पासवर्ड चोरी गर्छन् । त्यही युजरनेम र पासवर्ड प्रयोग गरी पैसा ट्रान्सफर गर्ने गरेको सिआइबीले जनाएको छ ।
ब्यूरोले पछिल्लो समययस्ता घटना बढिरहेको भन्दै सचेत रहन सर्वसाधारणमा आग्रह गरेको छ । अपरिचित नम्बरबाट आएका फोन तथा मेसेज नउठाउन प्रहरीले सचेत गराएको छ ।
Related News
सम्बन्धित समाचार
विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
डेढ करोड ठगेर ललित फरार
किशोरी बिक्री गर्न खोज्ने फन्दामा
रविलाई ३ मुद्दामा कारबाही सिफारिससहित प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
रविविरुद्ध चितवनमा पनि जाहेरी
hero news full width
मुख्य समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
माघ २९, २०८१ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१