पोखरा । २४ औं आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ का लागि चरक मेमोरियल हस्पिटल सहउप–प्रायोजक रुपमा जोडिएको छ ।
पोखरा–८, नागढुंगास्थित उक्त हस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल र प्रतियोगिता आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालबीच सहमतिपत्रमा हस्ताक्षर भयो । सो अवसरमा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङसहित अस्पतालका प्रतिनिधि उपस्थित थिए ।
मोफसलको चर्चित क्लब सहारा क्लबले आगामी २२ माघदेखि ३ फागुनसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्दैछ । नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा रारा गोल्डकप हो ।
प्रतियोगिता सफल पार्न विभिन्न सहयोगीहरु जोडिने क्रम जारी छ । यसैक्रममा चरक मेमोरियल अस्पताल सहउप–प्रायोजकरुपमा जोडिएको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार चरकले फुटबल हेर्ने दर्शकको निःशुल्क फुल बडी चेक अपसम्मको सुविधा दिनेछ । दैनिक २ जना भाग्यमानी दर्शकलाई सो सुविधा मिल्नेछ ।
त्यसबाहेक अस्पतालले क्लबलाई डेढ लाख रुपैयाँ प्रदान गर्नेछ । चरकले गत वर्ष पनि प्रायोजनमा सम्झौता गरेको थियो ।
क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जताए ।
फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरुको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको क्लब अध्यक्ष बरालले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो ।
गत वर्षको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता थ्री स्टार क्लब ललितपुर हुन् । विजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१