लेखनाथ । लेखनाथमा बिहीबारदेखि २० औं संस्करणको लेखनाथ महोत्सव–२०८१ सुरुआत भएको छ । १८ पुसदेखि १ माघसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न प्रकारका झण्डै साढे ३ सय स्टल राखिएका छन् ।
महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिने बताए । उनले कोभिड–१९ पछि देशको खस्कँदो अर्थतन्त्रलाई अब निजी क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने जनाए । पर्यटनको राजधानी पोखरामा गण्डकी प्रदेशमा निजी क्षेत्रसँग साझेदारीमा पर्यटनको क्षेत्रमा सरकारले काम गर्न तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए । नीति–नियमका कारण उद्योग, व्यापार, व्यवसायको क्षेत्रमा समस्या परेको र प्रदेश सरकारबाट संशोधन गर्नुपरेमा सरकारले तत्काल सम्बोधन गर्ने उनले आश्वासन दिए । समृद्ध गण्डकी प्रदेश बनाउने अभियानमा सबैको सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । पोखरा क्षेत्रमा आयोजना हुने मेला–महोत्सवले यस क्षेत्रको आर्थिक अर्थतन्त्रलाई केही हदसम्म भए पनि चलायमान बनाउने गरेको उनको भनाइ थियो । विभिन्न उद्देश्यले आयोजना हुने मेला तथा महोत्सवले स्थानीय उत्पादन र स्थानीय उद्योग व्यापारको प्रबद्र्धन गर्नुपर्ने मुख्यमन्त्रीले बताए ।
लेखनाथ उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा डाँडाकोनाकमा भएको महोत्सवको उद्घाटनअघि विभिन्न जनजातिहरूको भेषभूषामा झाँकीसहित ¥याली प्रदर्शन गरिएको थियो ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराको साथ आयोजित महोत्सवको साढे २ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । यस्तै, करिब ९ करोड बराबारको आर्थिक कारोबार हुने अपेक्षा गरिएको लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले जनाए । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र खर्च कटाई करिब १० लाख बचत हुने अनुमान आयोजकको छ । महोत्सवमा कुल ३ सय ३६ स्टल राखिएका छन् ।
संघले २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सव २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव नामबाट संचालन हुँदै आएको छ ।
करिब ९ करोड कारोबार हुने अनुमान गरिएको महोत्सवमा विभिन्न ३३६ स्टल छन्
विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको संघले जनाएको छ । महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित वस्तु बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रदर्शनी एवं बिक्री गरिने संघ अध्यक्ष श्रेष्ठले बताए ।
महोत्सवका प्रचारप्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुलीले देशको सुस्त अर्थतन्त्र चलायमान बनाउन यो महोत्सव सहायकसिद्ध हुने विश्वास व्यक्त गरिन् । उनले पर्यटन प्रवद्र्धन, देशमा रहेका औद्योगिक उत्पादनलाई बढावा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न महोत्सवको मुख्य उद्देश्य रहेको बताइन् ।
महोत्सव आकर्षणमा महोत्सवस्थलमा गौतम बुद्धको प्रतिमा निर्माण, अक्वारीयममार्फत एक सयभन्दा बढी माछाका प्रजाति अवलोकन, महिलाहरुको क्षमता अभिवृद्धिका लागि पहिलोपटक आयोजना गरिएको हाजिरीजवाफ, कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, लोकदोहोरी कार्यक्रम, कविता प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रमलगायत छन् । विभिन्न जातजातिको सँस्कृति जगेर्ना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिँदै आएको महिला विशेष कार्यक्रमअन्तर्गत रत्यौली गीत प्रस्तुति, सुगम संगीत, लाइभ कन्सर्ट लगायत मनोरञ्जनात्मक कार्यक्रम हुने छन् ।
महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फ्याकल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी हुनेछ ।
महोत्सवबाट बचत रकम प्रदर्शनी स्थल र संघको भवन स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्टस्तरको कोसेली घर निर्माण, संघद्वारा बेगनासतालमा निर्मित लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनायो ।
महोत्सव सहसंयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाडपर्वको रुपमा लिँदैआएको र उत्पादक–उपभोक्ता एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महोत्सवले महत्वपूर्ण भूमिको खेलेको बताउँछन् ।
महोत्सवको सह–आयोजक उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश हुन् भने प्रवद्र्धक पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड छन् ।
शुक्रबार लोकदोहोरी कलाकारहरु रामजी खाँण, सरस्वती लामिछाने,मधु रसाईली, कृष्ण सुवेदी, सविना गुरुङ, केशव देवकोटा, शिवहरी ढुंगाना, उमादेवी खनाल, रमा गौतमले प्रस्तुती दिनेछन भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज र सञ्जिव सिंह रानाको प्रस्तुती रहनेछ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१