पोखरा । पोखरा–१८, सराङकोट स्थित जन जागृति माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।
समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले नागरिकले उचित शिक्षा तथा ज्ञान प्राप्त गरेमात्र देशको अस्तित्व रहने बताए । उनले नेपालबाट दिनप्रतिदिन बाहिरिने युवाको संख्या बढ्दै गएकोमा दुःख व्यक्त गर्दै शिक्षाको लगानी स्वदेशमै परिचालित हुनुपर्ने धारणा राखे ।
पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले वडा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न लागिपरेको स्पष्ट पार्दै अभिभावकले विद्यालय प्रति अपनत्व भाव देखाउनुपर्ने औंल्याए । उनले वडाले यस वर्ष जन जागृतिलाई महानगरबाट ५० प्रतिशत अनुदानमा बस खरिद गर्न सिफारिस गरेको पनि जनाए ।
त्यस अवसरमा वडा सदस्य कल्पना ढकाल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पूर्व प्रअ धर्म गिरी, समाजसेवी प्रेमबहादुर जिसी, वरिष्ठ अधिवक्ता बलराम तिमिल्सिना, गोविन्द गौतम, भरत तिमिल्सिना, भरतबहादुर थापा, गोमा थापा, राधिका कुँवर लगायतले शुभकामना राखे ।
कार्यक्रमबीच उत्कृष्ट अभिभावकको रुपमा शोभा थापा, शिक्षकहरु ढाकामोहन बास्तोला, गणेशबहादुर थापा, ज्योति शर्मा, सीमाविद् श्रेष्ठ, पूर्व प्रअ गिरी तथा बस खरिद सहयोग दाताहरुलाई सम्मान गरियो । त्यस्तै पूर्व शिक्षक सदीक्षा कुँवरलाई बिदाइ गरियो ।
कार्यक्रममा प्रधानाध्यापक यमबहादुर थापाले वार्षिक शैक्षिक एवम् आर्थिक प्रतिवेदन पेस गरेकोमा छलफलसहित अनुमोदन भयो । त्यस्तै, विभिन्न छात्रवृत्तिसमेत वितरण गरियो ।
विद्यालय अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक कल्पना तिमिल्सिनाले स्वागत तथा सहायक प्रअ ढाकामोहन बास्तोला तथा शिक्षक चिन्तामणि शर्माले संयुक्त रुपमा कार्यक्रम संचालन गरे ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१