पोखरा । छोेरेपाटन माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमसहित मंगलबार सम्पन्न भयो ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले समारोहको उद्घाटन गर्दै सरकारी विद्यालयहरुमध्ये छोरेपाटन माविले प्रगति गर्दै गएको र अझै अगाडि बढ्नुपर्ने कुरा बताए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका वडा १७ की वडाध्यक्ष राधिका शाही योगी, सल्लाहकार तीर्थराज अधिकारी, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, संविधान सभासद् वृन्दा राना, उपसचिव वसन्तराज पौडेल, अभिभावक मनकाजी कार्र्की, देवराज आचार्य, विक्रम गुरुङ, नुरबहादुर विक, शिक्षक अभिभावक संघ अध्यक्ष इन्द्रबहादुर खत्री विद्यार्थीहरु श्रेया लामिछाने र सोहन कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खड्गबहादुर शाही, व्यवस्थापन समितिका पूर्व सदस्य छविलाल पौडेल, पूर्व प्रथम प्रअ क्षेत्रबहादुर कँुवर, एसओएस विद्यालय तिब्बतीयन क्याम्प, सार्क देशहरुको म्याराथनमा पाँचौं स्थान प्राप्त छात्रा नारायणी भण्डारी, हरि लम्साल स्मृति छात्रवृत्तिका संस्थापक सुमित्रा लम्साल, सामाजिक परीक्षण समितिका पदाधिकारीहरु इन्द्रबहादुर खत्री, देवीप्रसाद बस्याल, ऋतुनाथ लम्साल, जमुना अर्याल, रमेश पौडेल, शिक्षक रमा वाग्ले, विद्यार्थी सलिना कार्की, छात्रवृत्ति थप गर्ने संस्थापकहरु डेभिजफल युवा क्लब र बाल कल्याण कोष, छोरेपाटन माविका प्रावि शिक्षकहरु सम्मान गरिएको थियो ।
कार्यक्रममा दिव्येश्वरी रेग्मी, गणेशप्रसाद तिमिल्सिना, रेखा थापा, युवराज सुवेदी, डिल्लीराम शर्मा, मनुराज आचार्य, सोभिता अधिकारी, कुमारी लक्ष्मी शर्मा, लिलाप्रसाद पराजुली, मनुराज आचार्य, पुकार भण्डारी, रोहित बराल, कुमारी लक्ष्मी शर्मा, मेघनाथ पौडेल, लक्ष्मण पौडेल, रामप्रसाद सुवेदी, लेखनाथ बराल, लक्ष्मी देवकोटा, विद्यामति भुसाल, राधिका आचार्य, रेखा केसी, माधव पहारी, महादेव पौडेल, नारायण थापा, डिल्लीराम बराल, युवराज सुवेदी र शान्ति पौडेललाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, खगराज सांस्कृतिक उत्थान पुरस्कारबाट प्रथम एलिसा गुरुङको समूह, दोस्रो रुपेनी राईको समूह, तृतीय विशेषता राईको समूह र चौथो प्रिन्सस थापाको समूहलाई पुरस्कृत गरियो । विज्ञान प्रदर्शनीको ११÷१२ तर्फ प्रथम क्याथोड रेट्युब, दोस्रो मेडिसिनल हब्र्स, तृतीय रोल अफ रिन्युएबल इनर्जी र सान्त्वना व्याक्टेरियोफेज विज्ञान प्रदर्शनीलाई पुरस्कार प्राप्त गरेका थिए ।
यस्तै, ६–१० तर्फ प्रथम मिलिटर भेहिकल, दोस्रो, कजेज अफ पोलुसन, तृतीय रोवर्ट र सान्त्वना वाटर डिस्पेन्सरले प्राप्त गर्न सफल भए ।
छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले विद्यालयमा अध्ययनरत आर्थिक विपन्नता भएका १० जना विद्यार्थीलाई विद्यालय पोसाकको व्यवस्था गरेको छ भने शिक्षक रोशनप्रसाद श्रेष्ठले एसइईमा गणित विषयमा ‘ए’ प्लस ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरे ।
सो अवसरमा प्रधानाध्यापक डिल्लीराम शर्माले वार्षिक प्रगति प्रतिवेदन र लेखा प्रतिवेदन लेखा अधिकृत छविलाल पनेरुले प्रस्तुत गरे । विद्यालयले प्रकाशन गरेको मुखपत्र ‘ज्योत्स्ना’ विमोचन गरिएको थियो । पञ्चेबाजा, भजन, लाखे नाच, नृत्य, नाटक सांस्कृतिक तथा मार्चपास, पिटी प्रदर्शन, डिजिटल बोर्डबाट विद्यालय गतिविधि प्रस्तुत भए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक खेमराज बराल ‘ध्रुव’ले र संचालन मेघनाथ पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१