शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला

आदर्श समाज सम्वाददाता
पौष १८, २०८१
hemja sahitya

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको नियमित मासिक कार्यक्रम शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला सम्पन्न भयो । लियो क्लब अफ हेमजाको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य कृष्णप्रसाद पौडेलले वर्तमान कार्यसमितिले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।

प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्यायले प्रतिष्ठान क्रियाशील बनिरहेको चर्चा गर्दै रजत वर्षका अवसरमा महत्वपूर्ण कार्यक्रम गरेको स्मरण गरे ।

समाजसेवी ऋृषिराम पौडेलले प्रतिष्ठानलाई वर्तमान अवस्थासम्म ल्याउन हालको कार्यसमितिको उल्लेख्य भूमिका रहेको दाबी गरे ।

संरक्षक वसन्त बास्तोलाले प्रतिष्ठानले साहित्यको साथै सामाजिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

त्यस अवसरमा प्रतिष्ठानलाई स्थानीयहरु भरतचन्द्र गौतम, ऋषिराम पौडेल, वसन्तराज त्रिपाठी, वसन्तराज बास्तोला, मेनका आचार्य लगायतले आर्थिक सहयोग हस्तान्तरण गरे ।

प्रतिष्ठान अध्यक्ष बलराम पौडेलले संस्थालाई सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै आगामि दिनहरुमा पनि सहयोगको अपेक्षा सुनाए ।

शुभप्रभात काव्यमाला अन्तर्गत भरतचन्द्र गौतम, डा. अनिल थापा, ऋृषिराम पौडेल, विष्णुप्रसाद बास्तोला, गंगा त्रिपाठी, आभास दाहाल, वसन्तराज त्रिपाठी, कोविदशरण उपाध्याय, मेनका आचार्य, सुनिल गायक, प्रकाश त्रिपाठी, कृष्णप्रसाद पौडेल, बलराम पौडेल लगायतले रचना वाचन गरे ।

लियो क्लब अफ हेमजा समूहबाट मौलिक भजन तथा गन्धर्व सारङ्गी प्रशिक्षण पाठशालाबाट सारङ्गी प्रस्तुत गरियो ।

प्रतिष्ठान अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लियो हेमजाका अध्यक्ष सुशान्त बाँस्तोलाले स्वागत तथा प्रतिष्ठान उपाध्यक्ष सुनिल गायकले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

  • देवघाटमा मकर काव्य यामिनी

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    देवघाट । महेश संस्कृत गुरुकुल देवघाट, तनहुँको आयोजना तथा लेखनाथ साहित्य प्रतिष्ठान, पोखराको आतिथ्यमा २२ औं मकर काव्य यामिनी सम्पन्न…
  • हेमजा रेडक्रसको निबन्ध

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा ज्ञानसागर एकेडेमीकी नीकिता भण्डारी प्रथम भएकी छन् ।…
  • पर्यटनको विकासमा संगीतको महत्व उच्च

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ । नेपालको पहिलो होम…
  • पोखरामा ‘गण्डकीका धुनहरू’

    आदर्श समाज सम्वाददाता पौष २६, २०८१
    पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरा सांगीतिक कलाकार संघको सहकार्यमा शनिबार मौलिक लोकभाकाको प्रस्तुति ‘गण्डकीका धुनहरू (अर्केष्ट्रा)’ संचालन गर्दैछ । बिहीबार…
  • श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

    आदर्श समाज सम्वाददाता पौष २०, २०८१
    पोखरा । यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन् । शनिबार पोखरामा आयोजित समारोहमा…

hero news full width