शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला

आदर्श समाज सम्वाददाता
पौष १७, २०८१
hemja sahitya

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको नियमित मासिक कार्यक्रम शुभप्रभात काव्यमालाको २५५ औं शृङ्खला सम्पन्न भयो । लियो क्लब अफ हेमजाको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य कृष्णप्रसाद पौडेलले वर्तमान कार्यसमितिले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्यायले प्रतिष्ठान क्रियाशील बनिरहेको चर्चा गर्दै रजत वर्षका अवसरमा महत्वपूर्ण कार्यक्रम गरेको स्मरण गरे ।

समाजसेवी ऋृषिराम पौडेलले प्रतिष्ठानलाई वर्तमान अवस्थासम्म ल्याउन हालको कार्यसमितिको उल्लेख्य भूमिका रहेको दाबी गरे ।

संरक्षक वसन्त बास्तोलाले प्रतिष्ठानले साहित्यको साथै सामाजिक विकासमा पु¥याएको योगदानको प्रशंसा गरे ।

त्यस अवसरमा प्रतिष्ठानलाई स्थानीयहरु भरतचन्द्र गौतम, ऋषिराम पौडेल, वसन्तराज त्रिपाठी, वसन्तराज बास्तोला, मेनका आचार्य लगायतले आर्थिक सहयोग हस्तान्तरण गरे ।

प्रतिष्ठान अध्यक्ष बलराम पौडेलले संस्थालाई सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा सुनाए ।

शुभप्रभात काव्यमाला अन्तर्गत भरतचन्द्र गौतम, डा. अनिल थापा, ऋृषिराम पौडेल, विष्णुप्रसाद बास्तोला, गंगा त्रिपाठी, आभास दाहाल, वसन्तराज त्रिपाठी, कोविदशरण उपाध्याय, मेनका आचार्य, सुनिल गायक, प्रकाश त्रिपाठी, कृष्णप्रसाद पौडेल, बलराम पौडेल लगायतले रचना वाचन गरे ।

लियो क्लब अफ हेमजा समूहबाट मौलिक भजन तथा गन्धर्व सारङ्गी प्रशिक्षण पाठशालाबाट सारङ्गी प्रस्तुत गरियो ।

प्रतिष्ठान अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लियो हेमजाका अध्यक्ष सुशान्त बाँस्तोलाले स्वागत तथा प्रतिष्ठान उपाध्यक्ष सुनिल गायकले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • खुदीखोलाका मगरहरुले मनाए माघी

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । आराधना मगर समाज पोखरा–३२, खुदीखोलाका मगरवासीले माघी संक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ आराधना मगर समाजको आयोजनामा…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…

hero news full width