लमजुङ । लमजुङ सदरमुकाम बेसींसहरबाट १४ वर्षीया किशोरीलाई भारततर्फ बिक्री गर्न लागेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, लमजुङले बुधबार पत्रकार गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारतको मोतिहारी घोडासान थाना बकुलिया–५ घर भई हाल बेसीसहर नगरपालिका–७ बस्ने ४० वर्षीय सेख सइतुलासमेत छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक निसान्त श्रीबास्तवले भने, ‘उनीहरूले ती पीडित किशोरी श्रीकला (नाम परिवर्तित) लाई ललाइफकाइ गर्दै अपहरण गरी लगेका रहेछन् । ती किशोरी गत मंसिर २४ गतेदेखि हराएकी थिइन् । उनलाई आफन्तजनले खोजी गर्नेक्रममा ३ दिन अगाडि फेला परेकी हुन् । पीडितको किटानी दायरी परेपछि सो अभियोगमा ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।’
ती किशोरीलाई बेसीसहर–७ बस्ने सेख सइतुला समेतका ३ जनाले अपहरण गरी लगेको पुष्टि हुन आएको प्रहरी भनाइ छ । उनीहरूलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा लमजुङ जिल्ला अदालतबाट बुधबार ५ दिनको म्याद थप भएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१