पोखरा । नेकपा (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका समितिले विभिन्न विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउन र आवश्यक कारवाहीका लागि ज्ञापनपत्र बुझाएको छ ।
पार्टीका गाउँपालिका समितिका अध्यक्ष गोपाल पोखरेल र सचिव रामचन्द्र पौडेल नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष मीनबहादुुर गुरुङलाई सो ज्ञापनपत्र बुझाएको हो । माओवादी केन्द्रले पालिकाको आधारभूत पूर्वाधार सडक, पुल, विद्युत्, शिक्षा, स्वास्थ्यको क्षेत्रमा सुधार गर्न माग गरेको छ ।
यसैगरी, बाँदर नियन्त्रणको लागि विशेष कार्यक्रम ल्याउन माग गरिएको छ । साथै वन्यजन्तुबाट हुने क्षतिको क्षतिपूर्ति प्रदान गर्न माग गरिएको अध्यक्ष पोखरेलले बताए ।
माओवादीले हेमजा खानेपानी लुम्रे सैतिघट्ट सडक व्यवस्थित गरी सुरक्षित बनाउनुपर्ने, माछापुच्छ्रे गाउँपालिकाको गौरवको योजना भनिएको वडा २ को कोल्चोकदेखि धम्पुस जाने रिङरोडको बाटोलाई पहिलो प्राथमिकतामा राखी अगाडि र दलित समुदायहरूबाट सञ्चालित किप्रिचे कृषक आमा समूह वडा ८, ल्वाङको सामुदायिक भवन निर्माणको लागि आर्थिक सहयोग गर्न माग गरेको छ ।
यसैगरी, दुलेगौंडा मरेघाट सडक स्तरोन्नति, लाहाचोक भेडाबारी पुल निर्माणमा प्राथमिकता, वडा ८ र ५ गण्डकी हाइड्रो जाने पुल निर्माण, वडा ४ को जलकुण्डीबाट मर्दीखोला करिडोर निर्माण गरी वडा ९ सम्म बनाउनुपर्ने, लाहाचोक पुरनचौर गण्डकी पुल निर्माण गर्नुपर्ने, वस्तीभित्रका सिंढी तथा गोरेटो बाटो संरक्षण एवं पुननिर्माण गर्नुपर्ने गर्न पालिकासँग माग गरिएको छ ।
यस्ते, माओवादी केन्द्रले शिक्षातर्फ विद्यालयको संख्या घटाएर विषयगत दरबन्दी व्यवस्थापन गर्न, इसिडी शिक्षक र कार्यालय सहयोगीलाई स्थायी गर्नुपर्ने, एक गाउँ एक प्राविधिक शिक्षालयको सही व्यवस्थापन गरी सञ्चालन, शिक्षकलाई कर्मचारी सरह व्यवस्थापन गरी मासिक तलबत्ताको व्यवस्थापन गर्न आग्रह गरेको छ ।
ज्ञापनपत्रमा माछापुच्छे«मा पटक–पटकमा चर्चामा आइरहने र सधैंभरि चुनावी नारा बनाइने गरिएको १५ शैयाको हस्पिटलको व्यवस्थापन गरी आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था, प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीमा आवश्यकता अनुसार औषधी र दरबन्दी अनुसारको स्वास्थ्यकर्मीको व्यवस्थापन, स्वास्थ्य बीमा कृषि बिमा र पशु बिमालाई व्यवस्थित गर्नुपर्ने माग गरिएको छ ।
भूमि बैंक निर्माण गरी बाँझो जमिनको सदुपयोग गर्ने नीति ल्याउन, एक गाउँ एक उत्पादन पकेट ब्लकको व्यवस्थापन, पर्यटन व्यवसायीलाई वैधानिकता प्रदान गरी करको दायरामा ल्याउन, माछापुच्छ्रे गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र मर्दी हिमाल खुमैडाँडा जस्ता रमणीय क्षेत्रको उचित व्यवस्थापन गरी पदमार्गहरू निर्माण गर्नुपर्ने र पालिकाको स्वामित्वमा ल्याउन र मिर्सा रुम्जा खुमैडाँडा पदमार्गलाई व्यवस्थित गर्न आवश्यक बजेट विनियोजन गर्न पालिकाको ध्यानाकर्षण गरिएको पालिका समितिका सचिव रामचन्द्र पौडेलले बताए ।
यसैगरी, एक वडा एक खेल मैदान निर्माण, एन्फा खेलमैदानको लागि आवश्यक पहल गर्न, घरेलु उद्योगहरु स्थापना गरी वैदेशिक रोजगारीबाट फिर्ता आएकाहरुलाई रोजगारमूलक कार्यक्रममा सहभागी गराउन, सही गरिबको पहिचान गरी कार्ड वितरण, दलित समुदाय एवं अल्पसंख्यक समुदायलाई राजनीतिको मूलधारमा ल्याउने सशक्तीकरण कार्यक्रमको माग गरिएको छ ।
माओवादी केन्द्रले गाउँपालिकामा रहेका जलविद्युत् आयोजना, क्रसर खानी लगायतबाट राजस्व पालिकाको खातामा ल्याउन, सार्वजनिक जग्गाको पहिचान एवं संरक्षण, काष्ठफल परियोजनामा माछापुच्छ«े गाउँपालिकालाई सहभागी गराउन, एक्यापको मूल समिति एवं गाउँ समितिको पुनर्गठन गर्न पालिकासँग माग गरेको छ ।
Related News
सम्बन्धित समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
राष्ट्रिय एकता र मेलमिलाप विषयक विचार गोष्ठी
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१