पोखरा । जननायक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिनु उनको दूरदर्शी सोच रहेको पोखरामा आयोजित एक प्रवचन कार्यक्रममा विभिन्न दलका नेताले उल्लेख गरेका छन् ।
४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस अवसरमा नेपाली काँग्रेस गण्डकी प्रदेशले विभिन्न दलका नेता डाँकेर प्रवचन कार्यक्रम गरेको थियो । जसमा नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नेपाल (कम्युनिष्ट एकीकृत समाजवादी), जनमोर्चा नेपाल, जनता समाजवादी लगायतका गण्डकी प्रदेशमातहत नेताहरुको उपस्थिति थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका काँग्रेस केन्द्रीय सदस्य एवं सुरेन्द्रराज पाण्डेले राष्ट्रियता र प्रजातन्त्र स्थापित गर्नकै लागि बीपीले तत्कालीन राजासँग मेलमिलाप गरेको बताए । उनले भने, ‘राष्ट्रियता र प्रजातन्त्र कमजोर भएको अवस्थामा वीपीले मेलमिलापको नीति लिनुभएको हो ।
४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस अवसरमा नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा प्रवचन
मेलमिलापको नीतिका कारण हामी जनमत संग्रह हुँदै लोकतान्त्रिक गणतन्त्रसँगसम्म आइपुगेका छौं ।’ मुख्यमन्त्री पाण्डेले भने, ‘द्वन्द्वमा फसेको माओवादीलाई पनि शान्ति प्रक्रिया मार्फत प्रजातान्त्रिक बाटोमा ल्याइएका छौं ।’ प्रजातन्त्रको रक्षा र समृद्धिलाई ध्यान दिँदै अहिले पनि दुई ठूला दल काँग्रेस र एमालेबीच मेलमिलाप गरेर अगाडि बढेको भनाइ उनको छ । राजनजीति स्थिरता हुन सकेन भने नेपाली जनताले दुःख पाउने देखेर नै ठूला दलहरु मिलेर संरकार गठन गरेको बताउँदै उनले यो नीति भोलिका दिनमा पनि लागु हुने बताए ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले बिपी कोइराला नेपाली काँग्रेसको मात्र नभई सबैका नेता भएको बताए । तत्कालीन समयमा भारतले सिक्किम लिएसकेको अवस्थामा बिपीले पनि राष्ट्रिय र सार्वभौकिताको रक्षाका लागि सबै राष्ट्रिय शक्ति एक हुनुपर्छ भनी फर्किएको बताए । उनले मुलुकको राष्ट्रियता र सार्वभौमिकतामा कसैसँग पनि सम्झौता नगर्ने नेताको रुपमा स्मरण गरे । राष्ट्रिय शक्तिलाई बलियो बनाउन आएको संघीयताका बारेमा बिरोध र टीका–टिप्पणी गर्नु गलत भएको बताउँदै राजनीतिमा लाग्नु भनेको समाज सेवा भएको बताए । राजनीतिक अस्थिरताका कारण देश अराजकतातर्फ जान लागेकै कारण दुई ठूला दलहरु मिलेर सरकार गठन गरेको उनले बताए । देशलाई राजनीतिक स्थिरता ठूला दलहरुले मात्र दिन सक्ने बताउँदै उनले नयाँ दलहरुले राजनीतिक स्थिरता दिन नसक्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री पञ्चराम गुरुङले मुलुक बचाउन फुटेर हैन मिलेर जानुपर्छ भन्ने नीति लिएकै कारण वीपी राजनीतिमा सफल भएको बताए ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव श्रीनाथ बरालले बिपीको समाजवादी धारणा मुलुकले अनुशरण गरेर जानुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका नेता शंकर बरालले राष्ट्रियता र प्रजातन्त्र रक्षाका लागि वीपी कोइराला दूरदर्शी नेताको रुपमा चिनिँदै आएको बताउँदै उनले लोकतन्त्र नै खतरामा पार्ने गरी ल्याइएको संघीयता खारेज गर्नुपर्नेमा जोड दिए ।
नेकपा समाजवादी गण्डकीका अध्यक्ष किरण थापाले बिपी क्रान्तिकारी र दूरदर्शी नेता भएकामा सबैले उनको पद्चाप पछ्याउनुपर्ने बताए ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राष्ट्रियता र प्रजातन्त्रका लागि बिपीले अँगालेको मेलमिलापको नीति अझै पनि समय सान्र्दभिक भएको बताए । राष्ट्रियता मात्र हैन उनले नेपाली जनताको जीवनस्तर माथि उकास्न गरेको योगदानको चर्चा गरेरै नसकिने बताए । सभापति शर्माको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी र कार्यक्रम संचालन प्रवक्ता माधवप्रसाद बास्तोलाले गरेको जानकारी काँग्रेस गण्डकी प्रदेश सदस्य एवं प्रचारप्रसार उपसंयोजक शिरोमणि बरालले दिए ।
आफूमाथि मृत्युदण्डका ८÷८ वटा मुद्दा चलिरहँदा पनि स्वदेश फर्कने निर्णय गरेर जननेता बीपी कोइरालाले साहसको उच्च उदाहरण प्रस्तुत गरेका थिए । आफ्नो ज्यानको समेत परवाह नगरी २०३३ पुस १६ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्केपछि करिब ८ वर्ष लामो निर्वासित जीवन त्याग्दै बीपीसँगै गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी लगायत नेता–कार्यकर्ता स्वदेश फर्किएको दिनलाई कांग्रेसजनले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएका छन् ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१