लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूलनाराका साथ २० औं संस्करणको लेखनाथ महोत्सव सँघारमा आइपुगेको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा यही १८ पुसदेखि १ माघसम्म लेखनाथमा सो महोत्सव आयोजना हुँदैछ । महोत्सवको तयारी करिब ९५ प्रतिशत पूरा भएको सोमबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
३ सय ३६ स्टल रहने महोत्सवको साढे २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । यस्तै, करिब ९ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुनेमा खर्च कटाइ १० लाख बचाउने आयोजकको लक्ष्य छ ।
अध्यक्ष श्रेष्ठले संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तु बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रदर्शनी एवं बिक्री गरिने बताए ।
महोत्सवका प्रचारप्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुलीले देशको सुस्त अर्थतन्त्र चलायमान बनाउन यो महोत्सव सहायकसिद्ध हुने विश्वास व्यक्त गरिन् । उनले पर्यटन प्रवद्र्धन, देशमा रहेका औद्योगिक उत्पादनलाई बढावा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न महोत्सवको मुख्य उद्देश्य रहेको बताइन् ।
पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट व्यवसायीलाई उत्प्रेरित गर्नेखालका कार्यक्रममा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले अग्रजले देखाएको बाटो पछ्याउँदै जानु पर्ने सुझाव दिए ।
पत्रकार महासंघ कास्की अध्यक्ष माधव बरालले महोत्सव माध्यमबाट स्थानीय उत्पादनको प्रवद्र्धनमा गरिनुपर्ने बताए ।
प्रायोजहरुतर्फबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका लेखनाथ शाखा प्रमुख शंकरराज तिवारीले महोत्सवले आर्थिक उपार्जन साथमा व्यावसायिक ज्ञानबारे पनि जानकारी गराउनुपर्नेमा जोड दिए ।
महोत्सवको थप आकर्षणमा महोत्सवस्थलमा गौतम बुद्धको प्रतिमा निर्माण, अक्वारीयममार्फत एक सयभन्दा बढी माछाका प्रजाती अवलोकन, महिलाहरुको क्षमता अभिवृद्धिका लागि पहिलोपटक आयोजना गरिएको हाजिरीजवाफ, कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, लोकदोहोरी कार्यक्रम, कविता प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायत छन् । विभिन्न जातजातिको सँस्कृति जगेर्ना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिँदै आएको महिला विशेष कार्यक्रमअन्तर्गत रत्यौली गीत प्रस्तुति, सुगम संगीत, लाइभ कन्सर्ट लगायत मनोरञ्जनात्मक कार्यक्रम हुने छन् ।
महोत्सवको विद्यालयस्तरीय कार्यक्रमअन्तर्गत ११ पुसमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता भयो । विद्यार्थीले सो बेला कोरेका चित्र महोत्सवमा बिक्रीवितरण गर्ने व्यवस्था समेत मिलाइएको छ ।
महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फ्याकल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी हुनेछ ।
महोत्सवबाट बचत रकम प्रदर्शनी स्थल र संघको भवन स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्टस्तरको कोसेली घर निर्माण, संघद्वारा बेगनासतालमा निर्मित लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जनायो ।
महोत्सवका सहसंयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाडपर्वको रुपमा लिँदैआएको र उत्पादक र उपभोक्ता एकै ठाँउमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपूर्ण भूमिका महोत्सवले खेलेको दाबी गरे ।
संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपमहासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
महोत्सवको सह–आयोजक उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश हुन् भने प्रवद्र्धक पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड छन् ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१