पोखरा । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार ‘विशेष लघुकथा वाचन कार्यक्रम’ भयो । कार्यक्रमको उदटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले लघुकथा वाचन गरेर गरेका थिए ।
कार्यक्रममा लघुकथाकार त्रिलोचन ढकाल, रमेशचन्द्र घिमिरे, टुकादेवी पौडेल आचार्य, गीता तिवारी र ढाकामोहन बरालले आफ्ना उत्कृष्ट लघुकथा प्रस्तुत गरेका थिए । वाचन भएका कथाहरूमा समसामयिक सामाजिक यथार्थ, मानवीय संवेदनशीलता र सांस्कृतिक पक्षलाई समेटिएको थियो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सरुभक्तले लघुकथाको महत्वबारे चर्चा गर्दै यस विधाको प्रभावकारिता र भविष्यका सम्भावनाहरूको चर्चा गरे ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले लघुकथा वाचन गर्दै लघुकथाको प्रकृति र प्रवृत्तिप्रति चर्चा गरेका थिए ।
लघुकथा प्रतिष्ठान पोखराका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य र सचिव अमृतले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
देवघाटमा मकर काव्य यामिनी
हेमजा रेडक्रसको निबन्ध
पर्यटनको विकासमा संगीतको महत्व उच्च
पोखरामा ‘गण्डकीका धुनहरू’
श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१