पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्ती अवसरमा आयोजित कविता प्रतियोगितामा जुनियर सिटिजन्स एकेडेमीकी सापेक्षा सुवेदी प्रथम भइन् ।
लायन्स क्लब अफ लेखनाथको त्रिदिवसीय कार्यक्रमअन्तर्गत सो प्रतियोगितामा गोगन माविकी सुजाता पौडेल दोस्रो र डायमण्ड माविकी योग्यता ढुङ्गानाले तृतीय भइन् ।
त्रिभुवन शान्ति माविकी सुजाता सापकोटाले चौंथो स्थान हाँसिल गरेको संयोजक सुन्दर ढकालले जनाए ।
विजेतालाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७, अर्चलेमा १५ पुसमा हुने मूल समारोहमा पुरस्कृत गरिने लायन्स लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले बताए ।
प्रतियोगिता अवसरमा पोखरा प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति एवम् लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, निर्णायक ऋषिकेश बराल, लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निर्णायकमा ऋषिकेशसहित लोकचन्द्र खनाल र सुरेश मानन्धर थिए । लायन्स लेखनाथका सचिव तुलसी सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हेमजा रेडक्रसको निबन्ध
पर्यटनको विकासमा संगीतको महत्व उच्च
पोखरामा ‘गण्डकीका धुनहरू’
श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१