पोखरा । कास्की आदर्श सेवा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदको चौंथो महाधिवेशबाट शिव बानियाँ अध्यक्षमा निर्वाचित भएका छन् । कास्कीको सराङकोटका बानियाँ हाल अमेरिकाको न्यूयोर्क बस्दै आएका छन् । उनी यसअघि उपाध्यक्ष थिए ।
संस्थाको हालै सम्पन्न महाधिवेशनबाट उनको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।
वरिष्ठ उपाध्यक्षमा विशाल ढुंगाना (हाल स्पेन निवासी), उपाध्यक्षमा डा. प्रदीप अधिकारी (दक्षिण कोरिया), सन्तोष तिमिल्सिना (नेपाल) र विकास शाही (युएई) छन् ।
महिला उपाध्यक्षमा शान्तिदेवी अधिकारी (मकाउ), महासचिवमा केदार कुँवर (युएई), उपमहासचिवमा इन्द्रकमल राजभाट (बेल्जियम) र सचिवमा मोहनराज गौतम (स्पेन) र राजेश सुवेदी (कोरिया)लाई चयन भए । कोषाध्यक्षमा विकास अधिकारी (नेपाल), सहकोषाध्यक्षमा दीपक थापा (अमेरिका), महिला संयोजकमा कान्ति अधिकारी (बेल्जियम), महिला उपसंयोजकमा बिन्दु गौतम (पोर्चुगल) छन् ।
यस्तै, मध्यपूर्व संयोजकमा नवीन पौडेल (कतार), पूर्वी एशिया संयोजकमा विश्व सुवेदी (जापान), युरोप संयोजकमा राजेन्द्र गौतम (बेल्जियम), अमेरिका संयोजकमा सूर्यमोहन तिवारी र केन्द्रीय सदस्यमा दक्षिण कोरिया निवासी पुष्पराज भण्डारी छन् ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, उपमहासचिव मतदान प्रक्रियाबाट निर्वाचित भएकामा अन्य पदमा सर्वसम्मत जुटेको हो ।
यसैबीच, संस्थाका नवनिर्वाचित अध्यक्ष बानियाँले संस्थाले कास्की जिल्लाबाट विभिन्न मुलुकमा पुगेका नागरिकको पहिचान गर्ने र उनीहरुलाई कुनै समस्या परेमा सहयोग गर्ने काम गर्दै आएको जानकारी दिए । उनका अनुसार यो संस्था करिब २० मुलुकमा सम्बन्धित मुलुकको नियम कानूनअनुसार दर्ता भएर सम्बन्धित देशमा विभिन्न काम गर्दै आएको छ ।
कास्कीमा शिक्षा, स्वास्थ्य, दैवीविपत्तिलगायत असहाय र अशक्तका लागि समेत विभिन्न सहयोग गर्ने काम गर्दै आएको संस्थाका पूर्व प्रवक्ता एवं नवनिर्वाचति उपाध्यक्ष सन्तोष तिमिल्सिनाले बताए ।
‘विश्वभरि छरिएका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ भन्ने मूलमन्त्रका साथ सन् २०१७ अक्टोबरमा उक्त संस्था स्थापना भएको हो । जुन कास्कीबाट विभिन्न मुलुकमा पुगेर विभिन्न पेसा र व्यवसायमा संलग्नहरुको एकमात्र साझा सामाजिक संस्था हो ।
संस्थापक अध्यक्ष पूर्ण तिमिल्सिना हुन् । त्यसपछि क्रमशः गोविन्द पौडेल र सीता बरालले नेतृत्व सम्हालेका थिए ।
Related News
सम्बन्धित समाचार
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१