पोखरा–सौराहा पर्यटन प्रर्वद्धन आवश्यक

आदर्श समाज सम्वाददाता
पौष ४, २०८१
REBAN LEKHNATH

चितवन । पर्यटन प्रर्वद्धनका लागि होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले १७ औं वार्षिक साधारण सभा तथा अन्तक्र्रिया पर्यटकीय क्षेत्र सौराहामा सम्पन्न गरेको छ । साधारण सभाको अवसर पारेर संस्थाले सौराहा र लेखनाथको पर्यटन विकाससम्बन्धी अन्तक्र्रिया एवं परिचयात्मक कार्यक्रम गरेको हो ।

दुवै क्षेत्रका जनप्रतिनिधि र व्यवसायी सहभागी उक्त कार्यक्रममा वक्ताले पोखरा र सौराहाबीच पर्यटन सहकार्य र पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न आवश्यक रहेको बताए ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पर्यटन विकासका लागि व्यवसायीबीचको एकता आवश्यक रहेको बताए । उनले साततालको वाटिका सहर लेखनाथबाट हिमशृङ्खला दृष्यावलोकन गर्न सकिने सातवटै ताल सहज घुम्न सकिने, विभिन्न प्रकारका माछाका परिकारका लागि यो क्षेत्र प्रख्यात रहेको र पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्य रहेको भन्दै यसको प्रचारप्रसार आवश्यक रहेको बताए । यसैगरी दुवै क्षेत्रका व्यवसायीले सौराहा आएका पर्यटकलाई लेखनाथ जाने र लेखनाथमा रहेका पर्यटकलाई सौराहा आउने वातावरण व्यवसायीको एकताबाट मात्र सम्भव भएको बताए ।

रोवन लेखनाथ अध्यक्ष वीरभक्त कँडेलले संस्थामार्फत पर्यटकीय क्रियाकलापमा भ्रमण, होटल व्यवसायीलाई प्रशिक्षण, पर्यटनलाई थप चलायमान बनाउन र पर्यटन क्षेत्रलाई पुनरुउत्थानका लागि सबै सदस्यलाई आग्रह गर्दै यसप्रकारका कार्यक्रमले दुवै पर्यटकीय ठाउँका पर्यटनलाई चलायमान बनाउँदै भातृत्व सम्बन्ध प्रगाढ बनाउन आग्रह गरे ।

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठले पोखराको काखमा रहेको लेखनाथको पर्यटन प्रकृतिमा निर्भर रहेको बताए । उनले आसन्न लेखनाथ महोत्सव अवलोकन गर्न चितवनवासीलाई निम्तो दिए । क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष ओमप्रकाश पाण्डेले सौराहा र पोखराको पर्यटकीय विशेषता फरक–फरक रहेको भन्दै दुवैतर्फका व्यवसायीबीच सहकार्य र एकताबद्ध भएर अगाडि बढ्दा उपयुक्त हुने बताए ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले सफारी पर्यटनको हिसाबले प्रख्यात सौराहाको पर्यटन विकासमा व्यवसायी र स्थानीय सरकारको सहकार्य अनिवार्य रहेको बताए ।

रेवान लेखनाथ अध्यक्ष वीरभक्त कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा रेवान सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरी, महासचिव सुरेश लामिछाने, रत्ननगर ६ का कावा वडाध्यक्ष केशरीमाया सुनार, चितवन उद्योग संघ रत्ननगरका अध्यक्ष उमाकान्त पौडेल, एसोसिएसनका निवर्तमान अध्यक्ष अर्जुन लम्साल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

संस्थाकी सदस्य एवं लेखनाथ उद्योग वाणिज्य संघ महासचिव जानुका पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन संस्थाका महासचिव सुरेश लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नागीधार महोत्सव तयारी पूरा

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । मादी गाउँपालिका ८, नागीधार गाउँमा यही ४–६ माघसम्म नागीधार महोत्सव हुँदैछ । मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङले…
  • २६ औं घलेल ल्होछार उत्सव

    आदर्श समाज सम्वाददाता पौष २४, २०८१
    पोखरा । २६ औं घलेल ल्होछार उत्सव अवसरमा घलेलमा आयोजित पुरुषतर्फ भलिबल उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस लेककुना…
  • प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ

    आदर्श समाज सम्वाददाता पौष १४, २०८१
    पोखरा । पोखराको लेकसाइडमा २६ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल…
  • २६ औं पोखरा सडक महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता पौष १३, २०८१
    पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरा आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव शनिबारदेखि सुरु भयो ।…
  • सेन्चुरी ल्होसार मेला तयारी

    आदर्श समाज सम्वाददाता पौष १०, २०८१
    पोखरा । सेन्चुरी युवा क्लबले यही ११–१४ पुससम्म ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ । तमु समुदायको…

hero news full width