पोखरा । भक्ति संगीतको इतिहास धेरै पुरानो रहेको र वर्तमानमा यसको सम्बद्र्धन गर्न जरुरी रहेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । भक्ति संगीत प्रतिष्ठान नेपाल, पोखराको ११ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन उद्घाटन समारोहमा उक्त कुरा व्यक्त भएको हो ।
समारोहका प्रमुख अतिथि वरिष्ठ सँस्कृतिकर्मी प्राज्ञ तीर्थ श्रेष्ठले आफ्नै मौलिक संस्कृतिका कारण नेपाल दुई महादेशबीच स्वतन्त्र राष्ट्रको रुपमा रहेको बताए । पोखरामा विसं १९९२ मा बालगोपाल भजनमण्डल स्थापना भएको चर्चा गर्दै उनले पोखराका विभिन्न मठमन्दिरमा भक्ति संगीत व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिए ।
धर्मानुशासक मीन गुरुले भक्ति संगीतले भक्ति भावना जगाउनुका साथै मानिसलाई संसारबारे बुझाउने बताए ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका सचिव मनकुमार श्रेष्ठले सन्तुष्टि प्राप्त गर्नु नै संगीतको महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै प्रतिष्ठानले भक्ति संगीतको क्षेत्रमा पनि सहकार्य गर्न चाहेको बताए ।
सोही समारोहबीच संगीतकर्मी ठाकुरप्रसाद तुलाचनलाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा सम्मानित संगीतकर्मी तुलाचनले संगीत आनन्द प्राप्त गर्ने राम्रो माध्यम भएको बताए । संगीतकार नवराज बरालको प्रेरणाले अफू यस क्षेत्रमा लागेको उल्लेख गर्दै उनले जुवातासलगायत लत त्यागेर आफू भक्ति संगीतमा समर्पित भएको जनाए ।
अध्यक्षको आशनबाट भक्ति संगीत प्रतिष्ठान नेपालका अध्यक्ष नवराज बरालले विभिन्न संघसंस्थासँग सहकार्य गरी भक्ति संगीतलाई बिस्तारको योजना रहेको बताए ।
संस्थाका वरिष्ठ उपाध्यक्ष खिमबहादुर गुरुङको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिव पिंगला भट्टले गरेकी थिइन् । कार्यक्रममा महासचिव भट्टबाट प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुकु हिराचनबाट प्रस्तुत आर्थिक प्रतिवेदन सभाले पारित गरेको थियो ।
प्रतिष्ठानमा नवराज
प्रतिष्ठानको पाँचौं अधिवेशनले नवराज बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । १७ सदस्यीय समिति वरिष्ठ उपाध्यक्षमा पशुपति गुप्ता, उपाध्यक्ष लक्ष्मी गिरी, महासचिव पिंगला भट्ट, सचिव लक्ष्मण मुल्मी, सहसचिव सुकु हिराचन, कोषाध्यक्ष कुन्ती शर्मा र सहकोषाध्यक्ष सुदर्शन प्रधान छन् । सदस्य वसन्त बराल, उषा माता, ईश्वरी पराजुली, कैलाश बस्नेत, मीना बराल, दुर्गा केसी, दीपा शर्मा, सुनील बराल र रीता तिमिल्सिना चयन भएका छन् ।
Related News
सम्बन्धित समाचार
खुदीखोलाका मगरहरुले मनाए माघी
शिवालय मन्दिर उद्घाटन
शिक्षामन्त्री कोटिहोममा
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
पोखरामा आजदेखि कोटिहोम
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१