सहारा क्लब हङकङमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
पौष १, २०८१
sahara club hongkong SAROJ GURUNG. 3

पोखरा । सहारा क्लब हङकङको चौथो अधिवेशनले सरोज गुरुङ (खम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार हङकङमा भएको अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष दीपक गुरुङले जनाए ।

कार्यसमिति उपाध्यक्षमा सुमित्रा गुरुङ र तिलक गुरुङ, महासचिवमा ओमप्रसाद गुरुङ, सचिवमा अनिल गुरुङ, कोषाध्यक्षमा प्रवीण गुरुङ, सहकोषाध्यक्षमा उर्मिला घले छन् । सदस्यमा सरिता गुरुङ, विकास गुरुङ, राजु गुरुङ (सुपर), प्रदीप गुरुङ, राजु गुरुङ, गमन घले, कपिल गुरुङ, शरद ज्वारचन, पूर्ण गुरुङ (प्रेम), झोना गुरुङ, करुणा श्रेष्ठ र संगीता गुरुङ चयन भए । रिक्त पदमा पछि मनोनीत हुने छन् ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका सल्लाहकार कानून व्यवसायी देव गुरुङले सहारा क्लब पोखराको सहयोगमा संस्थाले गरेका गतिविधिको प्रशंसा गरे । समाजसेवीसमेत रहेका गुरुङले सहारा क्ला पोखरालाई बर्सेनि सहयोग गर्दै आएका छन् । उनले २४ औं आहारारा पोखरा गोल्डकपका लागि थप ५१ हजार रुपैयाँ सहयोगको घोषणासमेत गरिसकेका छन् ।

विभिन्न संघसंस्थाका तर्फबाट नेपाली महासंघ हङकङका अध्यक्ष रीता गुरुङ र एआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, सहारा क्लब हङकङका प्रमुख सल्लाहकार दुर्गा गुरुङ (एण्डी) ले शुभकामना मन्तव्य व्यक्त गरे । सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव कुमार गुरुङले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष सरोज गुरुङ (खम) ले गरेका थिए । निर्वाचन समितिमा दुर्गा गुरुङ, अरेन्द्र गुरुङ र दुर्गा मिलन गुरुङ थिए ।

Related News

सम्बन्धित समाचार

  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • खुदीखोलाका मगरहरुले मनाए माघी

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । आराधना मगर समाज पोखरा–३२, खुदीखोलाका मगरवासीले माघी संक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ आराधना मगर समाजको आयोजनामा…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…

hero news full width