पोखरा, २९ मंसिर । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा रमेश पौडेल अध्यक्षमा निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीलाई २२३ मतान्तरले पराजित गर्दै आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबाट साझा उम्मेदवार पौडेलले ४०१ मत प्राप्त गरेका छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतबाट उम्मेदवार सुवेदीले १७८ मत प्राप्त गरे । गण्डकीमा प्रेस युनियन र प्रेस चौतारीकै साझा गठबन्धनका उम्मेदवारले चुनाव जितेका छन् ।
उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव (समावेशी) रोशनी गुरुङ र कोषाध्यक्ष रमेश बस्ताकोटी निर्वाचित भए ।
खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भए । खुला सदस्यमा निर्वाचित नेपालले पपुलर (४५९) मत प्राप्त गरे ।
सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य दलितमा विजय नेपाली, सदस्य (आज) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य निर्वाचित भए । अल्पसंख्यक सदस्यमा सुन्दरकुमार थकाली निर्विरोध भएका छन् ।
गण्डकी प्रदेशअन्तर्गत (गोरखा बाहेक) शुक्रबार मतदानको अन्तिम मतपरिणाम शनिबार दिउँसो निर्वाचन समिति संयोजक कोमलनाथ बरालले पोखरास्थित महासंघ प्रदेश कार्यालयमा सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बराल, अर्का सदस्य बिबि विष्ट र मनोज घर्तीमगरले निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यलाई माला र टीका लगाएर बधाई ज्ञापन गरे ।
नवनिर्वाचित अध्यक्ष पौडेलले आफूले प्राविधिक रुपमा जिते पनि यो सबै जनाको जित भएको र सँगै मिलेर पत्रकारको हकहितको पक्षमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीले जित हार स्वाभाविक भएको जनाउँदै नयाँ कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिए । पत्रकार महासंघ कास्कीको नयाँ अध्यक्षमा प्रेस चौतारी र युनियनकै साझा उम्मेदवार माधव बराल निर्वाचित भइसकेका छन् ।
अन्तिम मतपरिणाम-
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१