पोखरा । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी राजेन्द्र अधिकारीलाई मात्र ९ मतअन्तरले पराजित गर्दै आगामी ३ वर्षका लागि निर्वाचित भएका हुन् ।
कूल २२० मतमध्ये शुक्रबार भएको मतदानमा २०५ जनाले मतदान गरेको थिए । जसमा बरालको पक्षमा १०५ र अधिकारीको ९६ मत परेको हो ।
बराल प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनबाट साझा उम्मेद्वार थिए भने अधिकारी प्रेस सेन्टर र समाजवादी पत्रकारबाट चुनाव लडेका थिए ।
उपाध्यक्षमा माधवप्रसाद रेग्मी निर्वाचित भए । उनले ९० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ मत प्राप्त गरेका छन् । कमल पौडेल अथकले ३५ मत ल्याए ।
उपाध्यक्ष (महिला) मा कन्चन थापा निर्वाचित भइन् । थापाले १०९ मत ल्याउँदा विना कुमारी थापाको ८७ मत आयो ।
सचिवमा भुपाल गुरुङ निर्वाचित भए । उनले १०२ ल्याउँदा सन्देश श्रेष्ठले ९८ मत ल्याएका छन् ।
सहसचिव (समावेशी) मा धनबहादुर गुरुङ निर्वाचित भए । उनले १२६ मत ल्याउँदा उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए ।
सहसचिवमा ११८ मत ल्याउँदै मधु अधिकारी निर्वाचित भए । श्रीभद्र पौडेलले ८० मत ल्याए ।
कोषाध्यक्षमा राजाराम पौडेल ११७ मतसहित विजयी भए । सुरेश अधिकारीले ८० मत ल्याए ।
सदस्य (महिला) मा कविता घर्तीमगर, सदस्य (दलित) मा सुरेश सुनार, निर्वाचित भए । सदस्य (आदिवासी जनजाति) मा पुनम थापा मगर र अन्य समावेशीमा सूर्य परियार निर्विरोध भएका हुन् ।
९ खुल्ला सदस्यमा अर्जुन (सुशान्त) गाहा, गौरव त्रिपाठी, राजु गिरी, बालकुमारी पौडेल, सन्तोष सुवेदी, रिखिराम जि.सी., तुलसीराम सुवेदी, निराजन अधिकारी र पुष्पराज दाहाल निर्वाचित भए ।
५ राष्ट्रिय परिषद् सदस्यमा आरजु विष्ट सल्यानी, दीननाथ बराल, कृष्णमणि बराल, भरत कोईराला र राजबहादुर गुरुङ निर्वाचित भए ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१