पोखरा । मदरल्याण्ड मावि, पोखरामा शुक्रबारदेखि वार्षिक खेदकुद कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा निहीत खेल प्रतिभा बाहिर ल्याउन आयोजित प्रतियोगिता ३ दिनसम्म चल्नेछ ।
प्राचार्य डा. नारायण बरालका अनुसार छात्रा र छात्रका भलिबल, बास्केटबल, फुटसल, टेबलटेनिस र चेस खेलाइने छ ।
विद्यार्थीले विभिन्न समूह बनाएर आन्तरिक प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा छात्रतर्फ फुटसलमा १६, छात्रातर्फ ४, बास्केटबलमा छात्रातर्फ ५, छात्रतर्फ ११, भलिवलमा छात्रातर्फ ५ र छात्रतर्फ १४ समूहले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै टेवटेनिस र चेसतर्फ व्यक्तिगत रुपमा प्रतिस्पर्धा गर्नेछन् ।
सबै विधाका खेल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट डिफेन्स, बेस्ट मिडफिल्ड, उत्कृष्ट खेलाडी लगायतलाई पनि शिल्ड र प्रमाणपत्र दिइने छ ।
विद्यालयले नियमित अध्ययनबाहेक विद्यार्थीमा भएको खेल क्षमता बाहिर ल्याउनका लागि तल्लो तहदेखि नै खेलकुदमा पनि उत्तिकै जोड दिएको आएको प्राचार्य बरालले जानकारी दिए । विद्यालयको आफ्नै फुटसल कोर्ट सहितका संरचनाभित्र यी खेलहरु संचालन हुनेछन् ।
Related News
सम्बन्धित समाचार
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१