कास्की मोडनाइज्ड एन प्याव्सन खेलकुद महोत्सवको च्याम्पियन

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८१
kaski modernized

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 8; cct_value: 5600; AI_Scene: (-1, -1); aec_lux: 44.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 29;

पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औं एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ । उसले सर्वाधिक १७५ अंकका साथ च्याम्पियन बन्दै रनिङ शिल्ड जितेको छ ।

त्रिवेणी पब्लिक १५८ अंकका साथ दोस्रो तथा सिद्धार्थ लवडेल बोर्डिङ ११२ अंकका साथ तृतीय भयो ।

एथलेटिक्सतर्फ कास्की मोडनाइज्ड प्रथम, हेम्जा बोर्डिङ दोस्रो तथा चिल्ड्रेन्स एकेडेमी र लिटल फ्लावर एजुकेशनल एकेडेमी तेस्रो भए ।

समापनमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले खेलकुदको विकासमा एन प्याव्सनले गरेको यो महोत्सवले ठूलो टेवा मिलेको बताए । उनले यस क्षेत्रको खेलकुद विकासका लागि प्रदेश सरकारको स्रोत र साधान प्रयोग गरि खेलकुदका संरचना निर्माणमा तिव्रता दिएको बताउँदै पोखरालाई खेलकुदको हवको रुपमा विकास गर्ने उल्लेख गरे ।

नेशनल प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले एन प्याव्सन कास्कीले गरेको हरेक गतिविधि उत्कृष्ट रहेको बताए ।

खेलकुद महोत्सवमा ४६ विद्यालयका करिब ८ हजार ५ सय विद्यार्थीले भाग लिएका थिए ।

जुनियरतर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा, सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाए ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमराज अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width