पत्रकार महासंघ बागलुङमा सेन्टरका राम थापा ‘अविरल’ निर्वाचित

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८१
ram thapa baglung

पोखरा । नेपाल पत्रकार महासंघ बागलुङमा राम थापा ‘अविरल’ निर्वाचित भएका हुन् ।

प्रेस सेन्टरका थापाले प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार तारानाथ आचार्यलाई पराजित गरेका हुन् । निर्वाचित अविरलले कुल खसेको मतको ४६ र आचार्यले २३ मात्र मत ल्याएका हुन् । निर्वाचन समितिले भने यसबारे आधिकारिक नतिजा सार्वजनिक गरिसकेको छैन ।

राष्ट्रिय समाचार समितिमा आबद्ध उनी पछिल्लो समय पोखरामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।

कार्यसमिति उपाध्यक्षमा सुवास आचार्य, सचिवमा सिर्जना पन्त, सहसचिवमा नारायण रिजाल र कोषाध्यक्षमा डम्बर बुढा मगर निर्वाचित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width