पत्रकार महासंघ स्याङ्जामा प्रदीप कोइराला निर्वाचित

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८१
pradip koirala

पोखरा । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको अधिवेशनबाट अध्यक्षमा प्रदीप कोइराला निर्वाचित भएका छन् ।

उनले अध्यक्षका प्रत्यासी प्रतीक्षा काफ्लेलाई पराजित गरेका हुन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार कोइरालाले ३४ मत प्राप्त गरेका हुन् । काफ्लेको १३ मत आएको छ ।

कार्यसमिति उपाध्यक्षमा माधव गैरे, उपाध्यक्ष (महिला) साधना न्यौपाने, सचिव हरिप्रसाद सुवेदी ‘सुशील’, सहसचिव रमेश गोदार, सहसचिव (महिला) कला राना र कोषाध्यक्ष जोगराज पाठक निर्वाचित भएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width