आइटिएफ टेनिस जारी

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८१
Tennis Day 4 CR2

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जे३० पोखरा सर्किट–२ अन्तर्गत चौंथो दिन सिंगल्सतर्फ क्वार्टरफाइनल र डबल्सतर्फ सेमीफाइनलका खेल भए ।
सिंगल्सको खेलमा आरव सम्राट हाडा र शिवाली गुरुङले आफ्नो जितको लयलाई कायम गरे । ब्वाइज सिंगल्समा आरवले भारतका ओजस मेहलावतलाई ६–२, ७–५ ले जित निकाल्दै अन्तिम चारमा स्थान बनाउँदा गल्र्सतर्फ शिवालीले सर्किट १ को उपविजेता रहेकी सुनिरा थापालाई ६–३, ६–४ को सोझो सेटमा हराउँदै प्रतियोगिताबाट बाहिरन बाध्य पारिन् ।

ब्वाइज सिंगल्सतर्फ नै अस्ट्रेलियाका प्रतीक नवीनले चीनका हैनुओ गुऔलाई ६–१, ६–३ ले पराजित गर्दै सर्किट १ को सेमिफाइनलमा पराजित भएको बदला लिएका छन् । प्रतीक सर्किट १ खेलको सेमिफाइनलमा हैनुओसँग पराजित भए ।

यस्तै, ब्वाइज डबल्सतर्फ चांैथो दिन सेमीफाइनलमा नेपाली प्रणव मानन्धर र राजवीर प्रधानको जोडी भारतीय जोडी आरव चावला र ओजस मेहलावतसँग ६–२, ६–४ ले पराजित भए । भारतीय जोडी आदित्य मोर र अधिराज ठाकुरले आफ्नै देशका शोवर्य समला र प्रकाशशरणलाई ६–३, ६–३ तथा भारतीय जोडी आरव चावला र ओजस मेहलावतले नेपाली जोडी प्रणव मानन्धर र राजवीर प्रधानलाई ६–२, ६–४ ले पराजित गरे ।

गल्र्स सिंगल्समा भारतकी महिका खन्नाले चीनकी यीजिया झाओलाई ६–१, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा बनाउँदा मंगोलियाकी मार्टा छोग्सोमजाभले भारतकी अपरा खंडारेलाई ६–१, ६–० ले पराजित गरिन् । अन्य एक खेलमा भारतकी अर्जन खोराकिवालालाई चीनकी तियानरान डोंगलाई ६–७ (१), ६–२, ६–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले बताए ।

शुक्रबार गल्र्स सिंगल्स सेमिफाइनलमा भारतकी महिकाले मंगोलियाकी मार्टासँग भेट पक्का गर्दा नेपालकी शिवालीले भारतकी अर्जन खोराकिवालाको सामना गर्ने भएकी छन् । ब्वाइज सिंगल्सतर्फ चीनका हैनुओले भारतका आश्रब्य मेहरासँग भेट पक्का गर्दा अर्को सेमीमा नेपाली खेलाडी आरवले अस्ट्रेलियाका नविन प्रतिकको सटिक प्रहारहरुको सामना गर्नेछन् ।

गल्र्स सेमीमा मार्टा छोग्सोमजाभ (मंगोलिया) र यीजिया झाओ (चीन)को जोडीले भारतीय जोडी एन्जल पटेल र सायेत वराडकरलाई ६–२, ६–३ तथा भारतीय जोडी दिशा बेहेरा र अर्जन खोराकिवालाले नेपाली शिवाली गुरुङ र सुनिरा थापालाई प्रतिस्पर्धात्मक खेलमा ६–०, ६–७ (४), (१०–५) ले पराजित गरी फाइनलमा स्थान बनाए ।

ब्वाइज डबल्सतर्फ शुक्रबार फाइनल खेल सञ्चालन हुने कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width