पोखरा । लटरम्म फलेका रुद्राक्षको बोट । हातले टिपेका अम्बा र एभोकार्डोको स्वाद । रंगिचंगी फूल, चराचुरुंगीका आवाज । प्रकृतिप्रेमी पर्यटकलक्षित गर्दै पोखरा लेकसाइडमा सुरु बसुन्धरा रिसोर्टको वातावरण हो यो ।
बिहीबार शुभसाइतमा पञ्चकन्याले रिसोर्टको उद्घाटन गरे । रिसोर्टभित्र महत्वपूर्ण आयुर्वेदिक बोटहरु अमला, बेलपत्र, तुलसी लगायत सुसज्जीत छन् । त्यसैगरी, एभोकार्डो, लिची, आँप, रुखकटहर लगायतका फलफूल बगैंचा यहाँको अर्को आकर्षण हो ।
एसी, टिभी जडित, उज्जालो, पारिलो, फराकिलो सफा सुविधायुक्त कोठाहरु, कोठाबाट देखिने हरियाली वातावरण, आँखै अगाडी हिमाल । यी सबैले यहाँ आउने पाहुनालाई मन्त्रमुग्ध पार्नेछ ।
फेवातालबाट झण्डै २ सय मिटर दुरीमा अवस्थित रिसोर्टले पाहुनाका लागि स्वास्थ्यवद्र्धक खाना पस्किने गर्दछ । विदेशीसँगै नेपाली परम्परागत भोजनलाई रिसोर्टले जोड दिएको छ । ‘कोदो, फापर, मकैलगायत परिकारलाई हामीले महत्व दिएका छौं–रिसोर्टका सञ्चालक सन्तोष पोखरेलले बताए ।
स्वच्छ शान्त बगैँचामा बिहानको योगादेखि फाष्ट इन्टरनेट जडित रिसोर्ट परिषरबाट आफ्नै ल्यापटपमार्फत दिउँसोको काम समेत सम्पादन गर्न सकिन्छ । २५ वर्षदेखि पर्यटन क्षेत्रमा लागेका अनुभवी व्यवसायी पोखरेलले यो रिसोर्टमा आफ्नो अनुभवको पूर्ण सदुपयोग गरेका छन् । रिसोर्टले ३ महिनासम्म २० प्रतिशत छुट दिने पोखरेलले बताए ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१