कृृषि मन्त्रीका सयदिने उपलब्धि

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८१
krisi mantri

पोखरा । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले सयदिने कार्यप्रगति सार्वजनिक गरेकी छिन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपन्क्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानुनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धि सार्वजनिक गरेकी हुन् ।

मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सो अनुसार कार्य गर्दै आएको बताइन् । ‘हामी बजेट कार्यान्वयनका चरणमा छौं । विनियोजित बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्नु नै अहिलेको जिम्मेवारी हो,’ उनले भनिन्, ‘कृषकलाई आवश्यक कतिपय शीर्षकहरु बजेटमा नसमेटिदा कठिनाइ पनि भएको छ । यसलाई आगामी बजेटमा समावेश गर्ने गरी तयारी सुरु गरेका छौँ ।’

मन्त्रालयमातहत प्रदेशमा रहेका कार्यालयहरुको अनुगमन गरेको जनाउँदै मन्त्री श्रेष्ठले सेवाग्राहीलाई छिटोछरितो एवं सहज सेवा प्रदान गर्न आवश्यक निर्देशन दिएको बताइन् । विभिन्न जिल्लाका कृषकहरुसँग कृषि क्षेत्रका समस्याबारे गहन छलफल भएको उल्लेख गर्दै उनले समाधानका लागि पहल भइरहेको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width