पोखरा । नवौं पर्वतीय महोत्सवको २५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजनामा ५ दिनसम्म चलेको सो महोत्सव बिहीबार समापन भयो ।
समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबिच घनिभूत सम्बन्ध भएको औंल्याए । उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको विकास र प्रवर्धनमा सरकारले सघाउने वाचासमेत गरे । ‘यो पोखरा र गण्डकी प्रदेशकै गौरव हो । यसको विकास र प्रवर्धनमा गण्डकी सरकार यथाशक्य रुपमा सघाउन तयार छ,’ उनले भने । समारोहमा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले पर्वतीय महोत्सवलाई निरन्तरता दिँदै यो क्षेत्रमा थप पर्यटक भित्र्याउन प्रयत्न गरिएको जनाए ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले महोत्सव पर्वतीय क्षेत्रलाई चिनाउन सहयोगी बनेको उल्लेख गरिन् । उनले भनिन्, ‘पर्वतीय क्षेत्रका सम्भावना, जलवायु परिवर्तनका असर, न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिकाबारे गहन छलफल भएको छ । यसले देशको अर्थतन्त्रलाई अघि बढाउन, स्थानीयको जीवनस्तर उकास्न र पर्यटन प्रवर्धन गर्न पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।’
कार्यक्रममा जलवायु परिवर्तनका कारण देशभरि नै र खासगरी अन्नपूर्ण क्षेत्रमा अनेक चुनौती देखिएको सरोकारवालाले औंल्याए । पछिल्लो समय जलवायु परिवर्तनका असरहरु देखिएको जनाउँदै उनीहरुले मानवीय व्यवहारमा परिर्वतन, अनुकूलनसँगै जलवायु परिर्वतन गराउने क्रियाकलाप कम गर्नेतर्फ सोच्न आग्रह गरे ।
सरोकारवालाले जलवायु परिर्वतनका कारण, समस्यासहित समाधानका उपायहरुबारे समेत छलफल गरे । ‘अन्नपूर्ण क्षेत्रमा जलवायु परिर्वतनका असरहरु’ शीर्षकको छलफलको संयोजन जनप्रिय बहुमुखी क्याम्पसको बिएमटिएम कार्यक्रमले गरेको थियो ।
५ दिनसम्म चलेको महोत्सवको बिहीबार गण्डकीका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले समापन गरे
कार्यक्रममा वातावरण विज्ञ प्राडा विकास केसीले जलवायु परिवर्तनका असरहरु कम गर्न पूर्वसावधानीका लागि प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । उनले ठाउँठाउँमा अनियमित वर्षा र त्यो वर्षाका कारण अकल्पनीय क्षति हुन थालेको औंल्याए । ‘पहिल्लो क्रममा अनियन्त्रित वर्षा हुन थालेको छ, नसोचेको क्षति पनि भएको छ । यसको कारण जलवायु परिर्वतन नै हो वा होइन भनी गम्भीर अनुसन्धान जरुरी छ,’ उनले भने ।
एक्यापका प्रमुख डा. रविन कडरिया जलवायु परिर्वतन भइसकेपछि आउने सङ्कट टार्न नेपालीको सामथ्र्यले नधान्ने भएकाले व्यवहारमा परिवर्तन र पूर्वसावधानीमा ध्यान दिनुपर्ने विचार राख्छन् । डा. कडरिया भन्छन्, ‘हामीले यो समस्या सुल्झाउन अहिले नै व्यवहार परिवर्तन गर्न जरुरी छ, विकसित देशहरुलाई सचेत बनाउन जरुरी छ । ठूलो लगानी गरी यसका असरहरुको मुकाविला गर्न कठिन हुन्छ ।’
टानका निवर्तमान अध्यक्ष धर्मराज पन्थी हिमाल हेर्न नेपाल आउने पाहुनाहरु कालापत्थर जस्ता हिमाल हेरेर दिक्क हुने गरेको बताउँछन् । जलवायु परिवर्तनले पदयात्रा पर्यटनमा समेत चुनौतीहरु थपेको उनको भनाइ छ ।
महोत्सव अवधिमा संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि भएका छन् । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो संग्रहालयमा वर्षमा दुई लाखभन्दा बढी मानिस आउने गरेका छन् ।
Related News
सम्बन्धित समाचार
नागीधार महोत्सव तयारी पूरा
२६ औं घलेल ल्होछार उत्सव
प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ
२६ औं पोखरा सडक महोत्सव सुरु
सेन्चुरी ल्होसार मेला तयारी
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१