लेखनाथ । सशस्त्र प्रहरी बल गण्डकी प्रदेश २५ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
लेखनाथको भण्डारढिकस्थित लेखनाथ रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरीले गोरखा फुटबल क्लबलाई १–० ले पराजित गर्दै कास्की–११ सँग फाइनल भिडन्त सुनिश्चित गरेको हो ।
सशस्त्रका सुजन तामाङले खेलको ७१ औं मिनेटमा गरेको गोल नै जितको लागि निर्णायक बन्यो । गोरखा फुटबल क्लब खेलमा फर्किन खोजे पनि अन्तिम समयसम्म प्रयास असफल भयो । उसका केही गतिला प्रहार खेर गएका थिए ।
खेलमा सशस्त्रका गोलरक्षक अजित कुमार बिक म्यान अफ दि म्याच बने । उनले नगद ५ हजारसहित मेडल हात पारेका छन् ।
शनिबार उपाधिका लागि सशस्त्र प्रहरी बल गण्डकी र कास्की ११ भिड्ने आयोजकले जनाएको छ । कास्की–११ ले बुधबार पहिलो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा आयोजक आदर्शलाई ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
गत २२ मंसिरदेखि सुरु भएको प्रतियोगितामा कुल ८ टिमको सहभागिता थियो ।
विजेताले ४ लाख २५ हजार र उपविजेताले २ लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । विधागततर्फ सर्वाेत्कृष्टलाई २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लब अध्यक्ष पदम गुरुङले जानकारी दिए ।
यस्तै, उत्कृष्ट प्ले मेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१