हाप्किडो संघ गण्डकीको साधारणसभा

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०८१
Hapkido

पोखरा । नेपाल हाप्किडो संघ गण्डकीको दोस्रो साधारण सभा मंगलबार पोखरामा सम्पन्न भयो ।

सभाको उद्घाटन गर्दै संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्किडो खेललाई समावेश गर्ने बताए ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा हाप्किडो खेल सातै प्रदेशमा विस्तार भई ६८ जिल्लामा रहेको र २ हजार १ सयभन्दा बढी खेलाडी रहेको जानकारी दिए ।

नेपाल हाप्किडो संघ गण्डकी प्रदेशका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा भएको सो सभामा उपाध्यक्ष खरमाया बिटालु जुग्जालीले स्वागत र सचिव कविता गुरुङले स्वागत गरेका थिए ।

कार्यक्रममा कलाकारले नृत्य प्रस्तुत गरी अतिथिको स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width