भ्रष्टाचारविरुद्ध जनचेतना

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०८१
Corruption

पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा भ्रष्टाचारविरुद्धको दिवस अवसरमा पोखरामा मंगलबार जनचेतना कार्यक्रम गरियो ।

भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाको आयोजना तथा महिला सशक्तीकरण नेपाल लगायतका संस्थाहरुको सहकार्यमा भएको उक्त कार्यक्रममा सहभागीहरुले भ्रष्टाचारविरुद्ध विभिन्न नारासहितको प्लेकार्ड लिएका थिए ।

भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था कास्कीका निर्वतमान अध्यक्ष वरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशमा व्यवस्था फेरिए पनि नागरिकको अवस्था नफेरिएको भन्दै भ्रष्टाचारीलाई कारबाही नभएसम्म सुधार नहुने बताए ।

संस्थाका अध्यक्ष डोलराज पाण्डेले भ्रष्टाचारले मुलुक खोक्रो बनाउँदै लैजाने हुँदा भ्रष्टाचारविरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । संस्थाका उपाध्यक्ष तथा महिला सशक्तीकरण नेपालकी संस्थापक अध्यक्ष लक्की कार्कीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width