पोखरा । पोखरा वृद्धाश्रमले पोखरा १५ स्थित पटनेरीमा सञ्चालित कोटिहोममा अमेरिकाबाट आएका पोखराका शोभाकान्त ढकाल (राधेगुरु)ध लगायतको सम्मान गरिएधको छ ।
पोखरा वृद्धाश्रमका अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीले कोटिहोममा आध्यात्मिक एवं सामाजिक विकासका लागि स्वदेश र विदेशमा रहँदा मानवीय सहयोग जुटाएकोमा सोको कदर गर्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो ।
राधेगुरुले आफूले २८ वर्षअघि पोखरा वृद्धाश्रममा यस्तै शुभकार्य गरेको स्मरण गर्दै असहाय, बेवारिसे आमाबुवाका लागि स्थापना गरिएको आश्रमको विकास देख्दा अचम्मका साथै हर्षित बनेको बताए ।
प्रजातन्त्र सेनानी एवं पोखरा क्षेत्रका अग्रज सामाजिक व्यक्तित्व स्व. ऋषिकेशव पराजुलीको परिकल्पनामा स्थापना भएको उक्त आश्रमलाई आफुले पनि सक्दो सहयोग गर्ने उनले बताए ।
कोटिहोममा विश्व हिन्दु महासंघका सल्लाहकार भगिरथ योगीले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु साझा कतव्य भएको बताए ।
कार्यक्रममा अन्नपूर्णेश्वर शिवालय, शिवशक्ति धाम, पटनेरी टोल विकास संस्था, श्री जागृति आमा समूह, श्री नमुना आमा समूह, गण्डकी रिभरसाइड युवा क्लब लगायतको सहभागिता रहेको कार्यक्रका संयोजक भीमप्रसाद चुवाईले बताए ।
पटनेरीमा स्थापना गरिएको अन्नपूूर्णेश्वर धाम एवं शिवालय मन्दिरकोे प्राण प्रतिष्ठाको कोटिहोममा बालबालिकाहरुको निशुल्क व्रतबन्ध र ज्येष्ठ नागरिकहरूको चौरासी पूजा समेत गरिएको छ । कोटिहोममा भक्तजनको आकर्षण दिनानुदिन बढेको कोटिहोम कार्यक्रमका व्यवस्थापन संयोजक मदन गिरीले बताए ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेको कोटिहोममा संघीय शिक्षा मन्त्री विद्या भट्टराई, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, प्रतिनिधि सभा सदस्य दामोदर बैरागी, गण्डकी प्रदेशसभा सदस्य भीमबहादुर कार्की लगायत विभिन्न उच्चपदस्थ अधिकारीे सहभागी भइसकेका छन् । कोटिहोम २७ मंसिरसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१