पोखरा । संघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको राजधानीको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
‘एनप्याब्सन कास्कीको इच्छा : विद्यालय तहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका नेश्नल प्याब्सन कास्कीको आयोजनामा १४ औं एनप्याब्सन खेलकुद महोत्सव मंगलबार पोखरा रंगशालामा औपचारिक उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘पोखरा पर्यटकको राजधानीसँगै यहाँ हुने हरेक खेलकुदका कार्यक्रममा खेलकुदको राजधानीको रुपमा पनि जोडेर लैजान जरुरी छ,’ उनले भने, ‘पोखरालाई खेलकुदको राजधानी बनाउन मन्त्रालयबाट पनि सहयोग रहने छ ।’
उनले निजी तथा आवासीय विद्यालयले गरेको खेलकुदका गतिविधिले नै खेलाडी उत्पादन गर्न सकेको बताए । पछिल्लो समय नेपाल भएको एनपिएलले पनि खेलकुदमा भविष्य छ भन्ने देखाएको बताउँदै उनले विद्यार्थीलाई पढाइसँगै खेल क्षेत्रमा पनि समावेश हुन आग्रह गरे ।
नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले विद्यार्थीलाई सवल र सक्षम बनाउन खेलकुद अपरिहार्य भएको बताए । उनले यस्ताखालका कार्यक्रमबाट नै निजी विद्यालयतर्फ आकर्षण बढेको उल्लेख गरे ।
नेशल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा निर्देशनालय गण्डकी प्रदेशका प्रमुख अम्बिकाप्रसाद आचार्य, नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष मनकाजी गुरुङ, सचिव प्रेमराज अधिकारी, शिवराज पौडेल र तोलाकान्त न्यौपानेले बोलेका थिए ।
१४ औं एन प्याव्सन खेलकुद महोत्सवको खेलकुद मन्त्री चौधरीले गरे औपचारिक उद्घाटन
गत २१ मंसिरदेखि नै अनौपचारिक रुपमा खेलहरुमा प्रतिस्पर्धा भए पनि औपचारिक रुपमा भने मंगलबारमात्र भएको हो । खेलकुद महोत्सव २८ गतेसम्म चल्नेछ ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय विद्यार्थीले भाग लिएका छन् । जसमा ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा छन् ।
जुनियरतर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुने छन् भने सिनियरतर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउने छन् ।
कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । खेलकुद महोत्सवमा कुल ९ सय २९ जना विद्यार्थी पुरस्कृत हुने छन् । २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ । यसपटक सडक दौड र पुरुष क्रिकेट नयाँ हुन् ।
खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुदप्रेमीसहित १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सव उद्घाटन अवसरमा मंगलबार मार्चपास भएको थियो । जसमा कास्की मोडनाइज्ड एकेडेमी प्रथम, अञ्जुली बोर्डिङ स्कुल द्वितीय, शान्तिवाटिका तृतीय र मर्निङ ग्लोरी एकेडेमी स्कुल चौथो भए ।
यसैबीच, छात्रतर्फ १५०० मिटर दौडमा सिद्धार्थ लवडेलका दुतराज गुरुङ प्रथम, अक्सफोर्ड स्कुलका ईश्वर ढकाल द्वितीय र रिलायन्स पब्लिकका प्रिन्स परियार तृतीय भए ।
छात्रा ८०० मिटरतर्फ त्रिवेणी पब्लिककी कविता घर्ती प्रथम, हेम्जा बोर्डिङ स्कुलकी स्टर मगर द्वितीय र ज्ञानज्योति विद्याकुञ्जकी ओममाया गुरुङ तृतीय भएको एथलेटिक्स संयोजक केशवशरण पौडेलले जानकारी दिए । छात्र बास्केटबलमा त्रिवेणी पब्लिक प्रथम, न्यू ग्यालेक्सी द्धितीय तथा युनिभर्स इंगलिस बोर्डिङ र सिद्धार्थ लवडेल बोर्डिङ तृतीय भए ।
Related News
सम्बन्धित समाचार
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१