पोखरा । शनिबारको दिन बारपाकीहरुलाई जंगलमा घाँस काट्न खुला गरिएको थियो । बिहानको खाना खाइवरी स्थानीय शम्जेर गुरुङ घाँस काट्न गाउँबाट झण्डै २ घण्टा लाग्ने बाटो हिंडेर लेकतिर लागे ।
उनकै पछि थिइन्, सूचिना घले । ९ महिनाअघि काशीगाउँबाट विवाह गरेर बारपाक पुगेकी उनी काठमाडौंबाट घर गएको बेला परिवारलाई सघाउन जंगल गएकी हुन् । अघि हिंडिरहेका शम्जेर गाउँकै आफूभन्दा अग्रज र त्यसमाथि शिक्षक भएकाले उनलाई भरोसा लागेको थियो । शम्जेर अघिअघि, उनी पछिपछि जंगल पुगे । जंगल पुगेपछि शम्जेर सूचिना नजिक पुगे । शारीरिक सम्पर्कको प्रस्ताव राखे ।
सूचिनाले उनको प्रस्ताव स्वीकारिनन् । शम्जेरले उनीमाथि जबरजस्तीको प्रयास गरे । १८ वर्षीया सूचिनाले प्रतिकार गर्न खोज्दा शम्जेरले उनकै हत्या गरी दिए । प्रहरीले ४३ वर्षका शम्जेरलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ ।
‘पोष्टमार्टम रिपोर्टले बलात्कार भएको पुष्टि गरेको छैन । बयानमा जबरजस्ती गर्न खोज्दा घटना भएको स्वीकारेका छन्,’ प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘घटनाको प्रकृति हेर्दा पनि एकान्त देखेपछि प्रयास गरेको र प्रतिकार गर्दा हत्या भएको देखिन्छ ।’ मंसिर १५ को उक्त घटनापछि सूचिना सम्पर्कविहीन थिइन् । परिवारले खोज्दै जाँदा मंसिर १८ गते जंगलमा गाडिएको अवस्थामा फेला गरेको सुवेदीले जानकारी दिए । घटना बारपाक सुलिकोट गाउँपालिका–१ स्थित मैखर्क जंगलमा भएको हो ।
‘महिला चिच्याएपछि गोबर र माटो मुखमा कोचेको बयानमा स्वीकारेका छन् । हत्यापछि साथमा रहेको खुर्पाले खाल्डो खनेर शव पुरेको बयान दिएका छन्,’ सुवेदीले भने, ‘त्यसपछि घरमा आएर बसेका थिए । उनीमाथि शंका गरेर बयान लिँदा कुरा बाझियो । अनुसन्धानलाई अझै नजिक पु¥यायौं र घटना पुष्टि भयो ।’ उनी २२ मंसिरमा पक्राउ परेका हुन् ।
घटनास्थल कस्तो थियो ?
अनकन्टार जंगल । सूचिनाको चप्पल, हँसिया र डोको छरपस्ट थिए । अलि पर अर्को डोको । डोकोभित्र घाँस र उनीको टोपी फेला परेको प्रहरीले जनाएको छ । करिब एक सय मिटर तल निगालाको बोटमा रगत देखियो । नजिकै कम्ब्याट क्याप, लेबन्टी र कपालको गुजुल्टो फेला प¥यो । त्यसकै आधारमा खोजी गर्दा सानो खाल्डो खनेर पुरिएको थियो, सूचिनाको शव । शव उत्खनन् गर्दा उनको टाउकोमा धारिलो हतियारले काटिएको पाइयो भने दायाँ हातका औंला काटिएका थिए । शव निकाल्दा पछ्यौरी र ज्याकेट खोलिएको अवस्थामा थियो भने नाम्लोले कम्मर खुकुलो गरी बेरिएको थियो । शम्जेरले नाम्लोले बोकेर खाल्डोसम्म पुर्याएको साविती बयान दिएका छन् ।
१८ वर्षीया सूचिना घले ९ महिनाअघि काशीगाउँबाट विवाह गरेर बारपाक पुगेकी थिइन्
शव भेटिएपछि प्रहरीले शंकाका आधारमा भेडीगोठालाहरुसँग सोधपुछ सुरु गरेको हो । धेरैलाई निगरानी राख्दै छोड्दै गरियो । २२ मंसिरमा शम्जेरलाई पक्राउ गरियो । उनलाई सोधपुछ गर्दा घटनाको दिन शम्जेरले आफू घरमै भएको बयान दिए । तर परिवारले भने उक्त दिन उनी जंगल गएको जानकारी प्रहरीलाई दिए । प्रहरीलाई नै बयानमा ढाँटेपछि उनीमाथि शंका लागेर सोधपुछ गर्दै जाँदा पर्सिपल्ट उनले घटना घटाएको स्वीकारेका गोरखा प्रहरीले जनाएको छ । ‘आपराधिक घटना यसअघि नघटाए पनि उनी महिलासँग नजिकिन खोज्ने र चरित्रमाथि प्रश्न गर्दा रहेछन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘प्रहरीसँग बयानमा ढाँट्ने र उनको व्यवहार हेर्दा पनि शंका लागेपछि घटना पुष्टि भएको हो ।’
घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । यही घटना केन्द्रित रहेर ५० भन्दा बढी व्यक्तिहरुसँग प्रहरीले सोधपुछ गरेको थियो । शम्जेरलाई सुरुदेखि नै निगरानीमा राखेर अनुसन्धान गरिरहेको थियो । उनका गतिविधिहरु हेरेर उनीमाथि शंका बढी भएको एसपी बासु पाठकले सुनाए । ‘घटनापछि समाजमा खासै ननिस्किने, टोलाइरहने गर्दा रहेछन् । गाउँमा प्रहरीले सचेतना पनि चलायो,’ उनी भन्छन्, ‘गाउँलेहरुकै सहयोगले शम्जेर पक्राउ परेका हुन् ।’ हत्यापछि घर फर्केर उनले दुईपटकसम्म आत्महत्या प्रयास गरेको बयानका क्रममा खुलाएका छन् । उनलाई घरमा छोरी र श्रीमतीले आत्महत्याबाट जोगाएका थिए । त्यसपछि आफँै बयान नोट लेखेर औंठाछाप गरेर घरमा राखेको प्रहरीले जनाएको छ ।
‘घटना अकस्मात् भएको देखिन्छ । घटनापछि रिग्रेट फिल गरेका छन् । त्यसैले आत्महत्याकै प्रयास गरेको अनुसन्धानबाट देखिएको छ,’ उनले भने, ‘आफ्नो गल्ती नोटमा लेखेर ल्याप्चे पनि लगाएका छन् । त्यो हामीले बरामद गरेका छौं ।’ घटनाको अनुसन्धानका लागि गोरखा प्रहरीका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको थियो । माइती पक्षले दोषी पक्राउ गर्न तारन्तर दबाब दिँदै आएका थिए । सूचिनाको शव शिक्षण अस्पताल काठमाडौंमा छ ।
Related News
सम्बन्धित समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१