एन प्याब्सन स्पोर्टस् मिट : आज औपचारिक उद्घाटन

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०८१
npabsan news 24

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; module: photo; hw-remosaic: false; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 32768; cct_value: 5500; AI_Scene: (-1, -1); aec_lux: 67.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 32;

पोखरा । एन प्याब्सन कास्कीले आयोजना गरेको १४ औं एन प्याब्सन खेलकुद महोत्सवमा छात्रा बास्केटबलतर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम भएको छ । त्रिवेणी पब्लिक द्वितीय, र कास्की मोडनाइज्ड र साइनिङ स्टार तेस्रो भए । दश जोड दुईतर्फ न्यू ग्यालेक्सी सेकेण्डरी स्कुल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी दोस्रो तथा गोर्खा इङ्लिस बोर्डिङ स्कुल र त्रिवेणी पब्लिक तेस्रो भए ।

छात्रा सेभेन ए साइड फुटबलमा हेम्जा बोर्डिङ स्कुल विजयी भएको छ । सोमबार फाइनलमा कास्की मोडनाइज्ड एकेडेमीलाई ७–१ ले पराजित गर्दै हेम्जा बोर्डिङ स्कुलले छात्र फुटबल प्रतियोगिताको विजयी भएको हो ।

यता, क्रिकेटतर्फ कास्की मोडनाइज्ड एकेडेमी विजयी भएको छ । फाइनलमा त्रिवेणी पब्लिकलाई १० विकेटले पराजित गर्दै कास्की मोडनाइज्ड विजयी भएको हो । उक्त प्रतियोगितामा क्रिकेट संघ पोखरा माहनगरपालिकाका अध्यक्ष वीरेन्द्र पुन र एन प्याब्सन केन्द्रीय सदस्य शिवदत्त तिवारीले विजयी टिमलाई बधाई दिए ।

छात्र फुटबल प्रतियोगितातर्फ हेम्जा बोर्डिङ स्कुलले न्यू ग्यालेक्सीलाई ६–० ले पराजित गर्‍यो भने त्रिवेणी पब्लिक मावि र नेशल क्रियशन एकेडेमी २–१ ले पराजित हुने कास्की मोडनाइज्ड एकेडेमीले हेमजा बोर्डिङलाई १–० ले पराजित गर्‍यो ।

यता, एलपि देवकोटा मेमोरियलले टाइबेकरमा रिलायन्स पब्लिक इङलिस स्कुल ४–३ ले पराजित गर्दा लिटिल फ्लावर एजुकेशनल एकेडेमीले न्यू लेखनाथ पब्लिक एकेडेमी ५–१ पराजित ग¥यो ।

गण्डकी एकेडेमी कास्कीले लिटिल फ्लावर १–० ले पराजित गर्दा एलपि देवकोटाले टाइब्रेकरमा पुष्पासदन ४–२ ले पराजित गरेको छात्र फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले दिए ।

सोमबारदेखि सुरु छात्रा ह्याण्डबलतर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि, युनिभर्स इङलिस बोर्डिङ स्कुल, अक्सफोर्ड स्कुल, न्यू लेखनाथ पब्लिक एकेडेमी, न्यू ग्यालेक्सी, त्रिवेणी पब्लिक, कान्तिपुर एकेडेमी, डायमण्ड मोडल स्कुल क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै, छात्र ह्याण्डबलतर्फ ज्ञानज्योति विद्याकुञ्ज, अञ्जुली बोर्डिङ स्कुल, सिद्धिविनायक वोर्डिङ स्कुल, कान्तिपुर एकेडेमी लेभन रेसिडेन्टियल स्कुल, न्यू ग्यालेक्सी, लिटल फ्लावर एजुकेशनल एकेडेमी र सिद्धार्थ लवडेल वोर्डिङ स्कुल क्वाटर फाइनलमा प्रवेश गरेका ह्याण्डबल संयोजक अर्जुनप्रसाद अधिकारीले बताए ।

खेलकुद महोत्सवमा ४६ विद्यालयका करिब ८ हजार ५ सय विद्यार्थीले भाग लिएका छन् ।

मंगलबार औपचारिक रुपमा पोखरा रङ्गशालामा महोत्सवको समुद्घाटन गरिने अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width