पोखरा । पोखरा १५, ढुंगेसाँघु, पट्नेरीमा जारी शुक्लागण्डकी कोटिहोम–२०८१ मा सोमबार निःशुल्क व्रतबन्ध गरिएको छ । कार्यक्रममा ११ जनाको ब्रतबन्ध भएको यज्ञ आयोजक मुल समितिका अध्यक्ष एवं अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले बताए ।
कोटिहोममा मंगलबार चौरासी पूजा र तुलादान कार्यक्रम हुने गिरीले बताए । ‘कोटिहोम संचालनको अवधिमा व्रतबन्ध, चौरासी पूजा गर्न चाहेमा निःशुल्क रुपमा पूजा गर्न सकिन्छ, कर्ताले स्वेच्छिक दान गर्न चाहेको अवस्थामा दान स्विकार गरिने छ,’ गिरीले भने ।
कोटिहोमको सातौं दिन ठूलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो । आयोजकको तर्फबाट भक्तजनको लागि निःशुल्क भोजनको व्यवस्थापन गरिएको यज्ञ आयोजक मूल समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।
यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले पर्यटकीय धार्मिक क्षेत्र बनाउने उद्देश्यसहित कोटिहोम आयोजना गरिएकोले सबै पोखरेलीको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।
सो स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्देश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको ५ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए ।
कोटिहोम २७ मंसिरसम्म सञ्चालन हुनेछ ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१