लेखनाथ । २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार स्याङ्जा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो । जितका लागि मुकुन्द निउरे र अनीष तामाङले गोलको योगदान दिए ।
आदर्श युवा क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सोमबार पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ७६ औं मिनेटमा पुन कास्कीकै अनीसले गोल थप्दै टोलिको जित सुनिश्चित गरेका हुन् । अब कास्की टिमले आयोजक आदर्श युवा क्लबसँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ । प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ कास्कीका अनीष तामाङ म्यान अफ दि म्याच भए । उनले नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
मंगलबार क्वाटरफाइनल चरणको अन्तिम खेल हुँदैछ । जसमा नेपाल प्रहरी र एन्फा गोरखाका बीच प्रतिस्पर्धा हुने आयोजक संस्था आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।
२२–२९ मंसिरसम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २ लाख २५ हजार पाँच सय २५ रुपैया शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजक शौर्य सिमेन्ट रहेको छ ।
Related News
सम्बन्धित समाचार
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१