पोखरा । अन्नपूर्ण गाउँपालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सल्यानको प्रगतिशील माविले जितेको छ ।
समग्रमा ८ स्वर्ण, ५ रजत र ४ कास्य सहित प्रगतिशील च्याम्पियन बनेको हो ।
यस्तै, ५ स्वर्ण ५ रजत र ५ कास्यसहित दाङसिङको उमा मावि द्वितीय एवम् ५ स्वर्ण १ रजत र २ कास्यसहित सिम्पालीको सिर्जना मावि तृतीय भएको छ ।
प्रथम, द्वितीय एवम् तृतीय भएसँगै ती विद्यालयले क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
पुरस्कार प्रदान गर्दै गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने भनाइ राख्दै खेलसँगै साथित्वको भावना पनि बलियो बन्दै जाने औंल्याइन् । उनले विद्यार्थीलाई खेल जीवनको शुभकामना दिँदै खेलमार्फत जीवनयापन गर्न सकिने स्पष्ट पनि पारिन् ।
माछापुच्छे« माविका अध्यक्ष मनपति भण्डारीले खेलकुदका साथसाथै अध्ययनलाई पनि प्राथमिकतामा राख्न विद्यार्थीलाई सुझाए ।उनले खेल जीवनको महत्वपूर्ण पक्ष भएको धारणा राखे ।
गाउँपालिका उपाध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन शिक्षा अधिकृत बलराम भुगार्इंले गरे ।
प्रतियोगितामा स्थानीय माछापुच्छे« मावि तथा मर्निङस्टार माविले व्यवस्थापकीय सहजीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
सहारा क्लब र दृष्टि आँखा हस्पिटलबीच सम्झौता
२४ औं आहारारा पोखरा गोल्डकपको सहप्रायोजक जयश्री फुड्स प्रालि
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१