पोखरा । युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ ।
शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले श्रेष्ठ र शर्मालाई युआरएलको ११ औं वार्षिकोत्सव अवसरमा सम्मानित गरेका हुन् ।
ललितपुर निवासी ८९ वर्षीय डा. श्रेष्ठ पूर्वराजा वीरेन्द्र शाहका शाही चिकित्सकसमेत हुन् । श्रेष्ठले नेपालसहित भारत, बेलायत, अमेरिकाबाट चिकित्साबारे अध्ययन र तालिम लिएका अवकाश प्राप्त जर्नेलसमेत हुन् । उनले वीरेन्द्र सैनिक अस्पताल, बेलायत र वेल्सका अस्पतालमा सेवा गरेका छन् ।
पत्रकारिता पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ । पत्रकार शर्मा राष्ट्रिय समाचार समिति र रेडियो जननीमा आवद्ध छिन् । नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्षसमेत रहेकी वर्षा आमसञ्चारमा स्नातकोत्तर हुन् ।
कार्यक्रममा शिक्षाविद् जर्ज जोनले चिकित्सकहरु ईश्वरका रुप भएको उल्लेख गर्दै यो क्षेत्रले सामाजिक दायित्व निर्वाह गर्नु, पुरस्कार प्रदान गर्नु सराहनीय काम भएको जनाए । सम्मानित चिकित्सक डा. श्रेष्ठले यस खालका सम्मानले मानिसमा आशाको सञ्चार गर्ने विचार राखे ।
पुरस्कृत पत्रकार शर्माले कर्म गर्दै जाँदै समाजले मूल्यांकन गर्ने र निस्वार्थ सेवाको कदर हुने उल्लेख गरिन् । प्रतिभा छनोट समिति संयोजक बद्रीविनोद प्रतीकले दुवै क्षेत्रमा योग्य र समाजले मूल्यांकन गरेका प्रतिभाहरु सम्मानित भएको बताए ।
समितिका सदस्यसमेत रहेका प्रयोगशाला विज्ञ सुशील थापाले प्रयोगशालाले गुणस्तर कायम गर्नु, व्यवसायसँगै सामाजिक दायित्व पनि देखिने गरी निर्वाह गर्नु उदाहरणीय भएको विचार राखे ।
युआरएल फाउन्डेसन अध्यक्ष ठाकुरप्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, पूर्वपुरस्कृत व्यक्तित्व आरजू विष्ट सल्यानी, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला, युआरएलका सञ्चालक वसन्त पंगेनीलगायत बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१