पोखरा । सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमबार वीरगञ्ज लगिएको छ ।
उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौं हुँदै सिमरा विमानस्थल उतारिएको थियो । त्यसपछि गाडीमार्फत वीरगञ्ज लगिएको हो ।
वीरगञ्जको सानोपाइला सहकारीको रकम समेत गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा उनलाई बयानका लागि त्यसतर्फ लगिउको हो । गत सातामात्र उनलाई काठमाडौंको स्वर्णलक्ष्मी र चिवतनस्थित सहारा सहकारीको मुद्दामा बयान गराएर पोखरा फर्काइएको थियो । बिहीबार बिहान चितवनबाट रातारात पोखरा ल्याइएकोमा मानवअधिकार हनन भएको भन्दै सर्वत्र आलोचनासमेत भएको छ ।
गत २ कात्तिकमा काठमाडांैबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ । उनलाई पटकपटक म्याद थप गरी कास्की प्रहरी रिहासतमा राखिएको छ । छैटौंपल्ट आइतबार उनलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि लगिएकोमा न्यायाधीश हिमलाल बेल्बासेको इजलासले ४ दिनको म्याद थप गरेको छ ।
कास्की हिरासतमै रहेको बखत लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि रुपन्देही लगेर फर्काइएको थियो ।
यसैबीच, गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डिआईजी छविलाल जोशीलाई भने पोखराबाट स्थलमार्ग हुँदै वीरगञ्ज पु¥याइएको थियो ।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१