पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आगामी नेतृत्वका लागि रमेश पौडेल र गोविन्द सुवेदीले मनोनयन दर्ता गराएका छन् ।
महासंघको शुक्रबार हुने मतदानमा केन्द्रमा प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबमोजिम गण्डकी प्रदेश समितिमा पनि त्यस्तै खालको समीकरण बनेको छ । प्रेस स्वतन्त्रता सेनानी पौडेल गठबन्धनमा साझा उम्मेदवार हुन् ।
प्रेस सेन्टरसहित विभिन्न संगठनबाट सुवेदीको मनोनयन दर्ता भएको हो । सुवेदी यसअघि प्रदेशका महासचिव थिए । चुनावमा रोचक त के छ भने दुवै जना रेडियो बाराहीमा आबद्ध छन् ।
उपाध्यक्षमा घनश्याम पाण्डे, प्रकाश पौडेल, यदुनाथ बञ्जारा, महिला उपाध्यक्षमा कमला खत्री केसी र मायाकुमारी अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ ।
महासचिवमा जमुना वर्षा शर्मा र दीपक परियार, सचिवमा ताराप्रसाद शर्मा र भविश्वर पाण्डे, सचिव समावेशीमा रामबहादुर घले परियार र रोशनी गुरुङ, कोषाध्यक्षमा अग्निधर लुइँटेल, रमेश बस्ताकोटी र सागरराज तिमिल्सिनाको मनोनयन दर्ता गराएको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले बताए ।
सदस्यमा, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक बिजय नेपालले मनोनयन दर्ता गराएका छन् । खुलामा ५ सदस्यका लागि नेपालसहित श्रीकृष्ण सिग्देल, गणेश पहारी, छविलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुवेदी, राजेश पराजुली, रोशन लामिछाने र शेखर थापाले उम्मेदवारी दिएका हुन् ।
३ सदस्य महिलातर्फ ज्योति हमाल, रञ्जिता शर्मा, लक्ष्मी सुनार र सपना अधिकारीको मनोनयन दर्ता भएको छ । १ सदस्य दलितमा अमीतकुमार विश्वकर्मा र विजय नेपाली, २ सदस्य आदिवासी जनजातितर्फ तिलकप्रसाद पुन (तिलक पुन), पदम श्रेष्ठ र मञ्जुल शाक्यले मनोनयन दिएका छन् ।
१ सदस्य अल्पसंख्यकमा सुन्दरकुमार थकालीको मात्र मनोनयन परेको छ ।
निर्वाचन समितिका अनुसार मंगलबार बिहान १० बजेसम्म उम्मेदवार उपर दाबी विरोध तथा उम्मेदवार फिर्ता लिने समय तोकिएको छ । अन्तिम नामावली मंगलबार दिउँसो १ बजे आउनेछ । मतदान २८ मंसिर (शुक्रबार) मा बिहान १० देखि दिउँसो ४ बजेसम्म पोखराको मुस्ताङचोकस्थित पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय परिसरमा हुनेछ ।
केन्द्रको मनोनयन भइसकेमा जिल्लाको मनोनयन २६ मंसिरमा हुनेछ । तीनै तहका लागि मतदान एकै दिन हुनेछ ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१